सिरहा, २५ असोज। मिटरव्याज पीडितहरुको माँग सहिढङ्गले सम्वोधन नभए अझ ससक्त आन्दोनमा जान बाध्य हुने मिटर व्याज विरुद्धको संघर्ष समितिले चेतावनी दिएका छन्। सिरहाको गोलबजारमा विहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा सिरहा प्रशासनले मिटरव्याज पीडितहरुको समस्या सातदिनभित्र देखिनेगरी समाधान नगरे आन्दोलनमा जाने चेतावनी दिएका हुन्।

समितिका संयोजक मनोज पासमानद्वारा जारी प्रेस विज्ञप्तीमा ‘हामीसँग जुन हिसाबले सहमति भएको थियो, त्यसप्रति राज्य इमान्दार रहेनन् भन्ने निष्कर्षमा अन्ततः हामीपुगेका छौं। त्यसकारण अब फेरि यो राज्य र राज्य संयन्त्रहरुको विरुद्धमा अर्को लडाइका लागि अन्यायमा परेको हाम्रो मस्तिस्कले हामीलाई उक्साइरहेको छ। आजका मितिदेखि सात दिनसम्ममा यी समस्याहरुको देखिने गरी समाधान दिन राज्य र राज्य संयन्त्रहरुलाई हाम्रो आग्रह छ। अन्यथा हामी पहिलेभन्दा अझ सशक्त आन्दोलनमा जानबाध्य हुने चेतावनी दिन चाहन्छौं।’

पछिल्ला दिनहरुमा मिटरव्याज पीडित भन्दा पनि साहुहरुको पक्षमा विचौलिया र प्रशासनको अस्वाभावितक गतिविधिले पीडितहरुले न्याय पाउन नसकेको आरोप लगाएको छ। पीडितहरुले। ‘पछिल्ला दिनहरुमा पीडितहरुलाई दैलोमा उभ्याएर, प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा साहुहरुलाई राखेर घण्टौं गफीने र एउटै मुद्दामा १० औं पटक छलफल गर्दापनि निर्णय नहुनुले आफूहरुलाई सशंकित बनाएको छ।’

संघर्ष समितिले यस्ता खालका अदृष्य गतिविधि तत्काल रोकेर पीडितहरुको समस्यालाई सहिढङ्गले छिटो समाधान गर्न आग्रह गरेको छ।

सिरहामा जम्मा ३ हजार सात सय ८८ भन्दाबढी मिटरब्याज पीडितहरुको मुद्दा दर्ता भएको छ। अहिले सम्ममा पुरानो र नयाँ गरी २ सय ७३ मात्र मुद्दा सहमती भएको आन्त्रिक प्रशासन शाखाका कर्मचारी शिव दयाल यादबले जनाएको छ।

mitarbyaj