सिरहा, २३ असोज। सिरहा प्रहरीले प्रतिवन्धित लागूऔषध सहित दुई युवकलाई गोलबजारबाट नियन्त्रणमा लिएको छ। विभिन्न प्रकारका एकहजार चारसय ७५ एम्पुल प्रतिवन्धित लागुऔषध सहित पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नपा ४ बाट लहान नगरपालिका २० हरिनगराका ३५ वर्षिय रामानद्य दास र लहान २१ का २१ व्र्षिय अर्जुन कुमार रामलाई पक्राउ गरेको हो।
गोप्य सुचनाको आधारमा प्रहरीले प्रोमेट्साजिन हाइड्रोक्लोरिड २ एमएल चारसय ८७ एम्पुल, डाईजिपाम चारसय ९८ एम्पुल र बुप्रोनोरफिन चार सय ९० एम्वुल सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुनिल कार्कीको कमाण्डमा लागू औषध नियन्त्रण ब्यूरो गोलबजारसमेतको टोलीले गोलबजार ४ आर्या होटल अगाडी चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा. ६३ प ९१९६ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार रामानन्द दासको साथबाट उक्त प्रतिवन्धित लागुऔषध सहित तीन थान मोबाईल समेत बरामद गरेको प्रहरीले जनाएको छ।
यस सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ।





















