इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि

    • आश्विन २१, २०८०
    • २०९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, २१ असोज। प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। आक्रमणमा तीन जना घाइते भएका छन्।

    शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेकोमा आक्रमणमा परी मारिनेको संख्या छ सय नाघेको र सयौं मानिस घाइते भएका छन्।

    आक्रमणमा १० जना नेपालीको मृत्यु भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताइन्।

    मृत्यु हुनेमा घोडाघोडी ४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी ६ बझाङका गणेशकुमार नेपाली, बाउनिया ३ कैलालीका आशिष चौधरी, लेकाम ५ दार्चुलाका दिपेशराज विष्ट, सपही ६, धनुषाका आनन्द साह र मधुवान १, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।

    पचनाली–डोटीका राजन फुलारा, लामिखाल ८ डोटीका पदम थापा, सारदा ३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन ४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आम्रमणमा मृत्यु भएको छ।

    सारदा २ सल्यानका विधान सेजुवाल, दगिशरण ३ दाङका प्रविण डाँगी घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुबैको खट्टामा गम्भीर चोट लागेको छ।

    गोरखा ८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ। टीकापुर ९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिवेणी १ सल्यानका प्रमोद केसी फार्म हाउस मालिकको घरमा सुरक्षित छन्। भजनी त्रिशक्ति ४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा रहेको दूतावासले जनाएको छ।

    प्रशासनको मनपरी तन्त ...

    सिरहा, १९ मंसिर। नेपाली काँग्रेस जिल्ला समितिले स्थानीय ...

    अवैध लागु औषधसहित यु ...

    सिरहा, १९ मंसिर। सिरहा प्रहरीले प्रतिवन्धित लागु औषधसहि ...

    ‘प्यारालाइज्ड’ अख्ति ...

    तारा चापागाईं  नेपालको कर्मचा ...

    गणतन्त्र रक्षाको ला ...

    बर्दिवास, १९ मंसिर। नेपाल कम्युस्टि पार्टी (माओवादी केन ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल