बर्दिवास, ३ असोज। महोत्तरी प्रहरीले दुई क्विन्टलभन्दा बढी प्रतिवन्धित लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले जलेश्वर नगरपालिका १ महादेव मन्दिरनजिकबाट बा.प्र.०१–०२६ च ४९२१ नम्बरको पिकप गाडीबाट दुई क्लिन्टल १० केजी लागुऔषध गाँजासहित जलेश्वर नगरपालिका ७ का २५ वर्षिय सुरेन्द्र दास र धादिङ जिल्ला थाक्रे गाउँपालिका ७ का २३ वर्षिय जीवन तामाङलाई आज विहान नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटीगएको प्रहरी टोलिलाइृ शंकालागि चेक जाँचज गर्दा पिकप गाडिभित्र चारैतिर मिनिरल वाटरको बोतल र विचमा गाडीको बीचमा १४ वटा पोकामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डीएसपी दिलिप कुमार गिरीले जानकारी दिए।

प्रहरीको आँखा छल्नलाई पिकअपमा मिनिरल वाटरको कार्टुनले छोपेर राखेको भएपनि चालक र सहचालकको व्यवहार शंकास्पद लागेपछि प्रहरीले गाडी खानतलास गरेको बताए। प्रहरीले भने, ‘झट हेर्दा मिनिरल वाटर बोकेर आएको देखिन्थ्यो, पानी बोकेको पिकअपको चालक र सहचालकको गतिविधि शंकास्पद देखिएपछि मिनिरल वाटरको काटुर्न हटाएर हेर्दा गाँजा बरामद भयो।’

मकवानपुरबाट सो गाँजा लुकाइछिपाई ल्याइएको र भारतीय सिमाकटाउने योजना हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। पिकअप गाडी, पानीको कार्टुन र गाँजासहित चालक र सहचालकलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ।