सुनसरी, १९ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहिसँग लिएको घुस सहित नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
अख्तियारको टोलिले ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतोलाई सेवाग्राहीबाट घुसबापत लिएको २५ रकमसहित ईनरुवा नगरपालिका ३ बाट आज नियन्त्रणमा लिएको हो।
उद्योगमा बिद्युत क्षमताबृद्धि गरिदिए वापत सेवाग्राहीसँग घुस माँग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा त्यहाँ पुगेका अख्तियार कर्मचारीले महतोलाई घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियारका प्रबक्ता भोला दहालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ।
महतोलाई नियन्त्रणमा लिएर अख्तियाले थप अनुसन्धान गरिरहेको जनाएको छ।