सिरहा, १४ भदौ। सिरहा र धनुषा सीमानामा छुट्याउँने कमला नदी किनारमा विहिवार एक जना युवकको शव फेला परेको छ। बुधबार अपरान्ह कमला नदीकै उत्तरवाहिणी नुहाउन गएका मिर्चैया नगपालिका ४ जितमाहान टोलका १८ वर्षीय राजेश कापैरको शव सिरहाको बन्दिपुर ब्यारेक देखि दुईसय मिटर उत्तरमा भेटीएको हो।
जनै पूर्णिमाको अघिल्लो दिन धार्मिक स्थल उत्तराहणी साथीहरूसँग नुहाउन गाएका कापर नुहाउने क्रममा बेपत्ता भएपनि आज विहानमात्र करिव २ किलोमिटर दक्षिण मृत अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए।
हिजो अपरान्ह वेपत्ता भएको कापरको रातभरी खोज तलास गरेपनि विहान ११ बजेतिरमात्र फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।