सिरहा, ६ भदौ। नापी कार्यालय लहानका अमिनलाई सेवाग्राहिसँग लिएको १० हजार रुपैयाँ घुसहित अख्तियार टोलीले पक्राउ गरेको छ। 
 
सेवाग्राहिलाई जग्गा धनि पूर्जा बनाउन लिएको घुस रहम सहित अमिन दिपरञ्जन यादवलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासको टोलिले पक्राउ गरेको हो। 
 
अमिन यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनको आधारमा लहान आएका अख्तियार टोलीले सेवाग्राहीबाट लिएको दश हजार रुपैयाँ घुस बापतको रकम सहित अमिन यादवलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। 
 
आयोगले घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।