लहान, ३१ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलेसप्तरीको विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर र लेखापाललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।

आयोगको कार्यालय इटहरीको टोलीले राजविराज ३ बाट सेवाग्राहिसँँग पाँच लाख रकम घुस लिएको अवस्थामा एमआईउस् अपरेटर वीरेन्द्र यादव र लेखापाल टेकनारायण यादवलाई आज विहान नियन्त्रणमा लिएको हो।

सेवाग्राहिसंग सोलार बत्ती जडानलगायतको योजनामा भुक्तानी गर्दा घुस बापत दुईलाख नगद र तीनलाखको चेक लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

आयोगको इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको बताइएको छ।