- आशिष विश्वकर्मा
सिरहा, २९ साउन। सिरहाको धनगढीमाई नगरपालिकामाका मेयर लगायतका जनप्रतिनिधी नै अनियमितता गर्ने कर्मचारीको बचाउमा लगेको भन्दै स्थानीयले विरोध जनाएका छन्।
गत आर्थिक वर्ष ०७९÷८० मा लोकसेवा तयारी कक्षमा भएको अनियमितता छानविनको माँग गर्दै आएका स्थानीय भ्रष्टाचार विरुद्ध नागरिक संघर्ष समितिलाई मेयरको अध्यक्षतामा बनेको छानविन समितिले आज सार्वजनिक गरेको प्रतिवेदनले भ्रष्ट कर्मचारीहरुकै बचाउ गरेको भन्दै विरोध जनाएका हुन्।
एक महिना भन्दा लामो समयदेखि आन्दोलन गर्दै आएका संघर्ष समितिसँग पछिल्लो पटक गत आइतबार २१ गते एक साताभित्र अनियमितताको छानविन गरी प्रतिवेधन सार्वजनिक गर्ने मेयर शिव शंकर महतोले लिखित प्रतिबद्धता जनाएका थिए।
मेयर महतोले छानविन प्रतिवेदन प्रतिवेदनको नाममा ‘लोक सेवा आयोग तयारी कक्षाको संक्षिप्त व्यहोरा सार्वजानिक गरिएको सम्बन्धमा’ शिर्षकको कर्मचारीलाई बचाउँ गर्दै एक पानाको मन्तव्य सार्वजनिक गरेको भन्दै संघर्ष समितिले विरोध जनाएका छन्।
‘भ्रष्ट कर्मचारीको बचाउँ गर्दै आफ्नो कर्तुत ढाकछोपगर्ने शब्दको जालो बुनेर प्रस्तुत गरिएको छ; स्थानीय संघर्ष समितिको आरोप लगाएका छन्।
‘ज्ञापन पत्र बुभाउनेदिन मेयर स्वएम्ले कर्मचारीहरुले भ्रष्टाचार गरेको स्विकार गरेका छन्’ आन्दोलनका अगुवा उत्तरवहादुर जर्धामगरले भने, ‘अनियमितताको प्रकाष्टा नाघेपनि नगर प्रमुख शिव शंकर महतोले अहिले सम्म कार्यवाहीको प्रक्रिया हगाडी नढानु र अझै कर्मचारीरुकै बजाउ गरेको देख्दा उनको पनि मिलोमतो रहेको आशंका उव्जिएको छ।’
‘नगरलाई समृद्ध बनाउन विषयमा हाम्रो समर्थन छ। तर मेयरले यो कर्मचारी बचाउने ढङले जुन प्रतिवेदन पेश गरेको छ। त्यो स्विकार्य छैन्। कर्मचारीलाई कार्यवाहीको लागी मेयरले कदम नचाले सम्म हाम्रो वेथिति विरुद्धको अभियान रोकिदैन; आन्दोलनका अगुवा जर्घामगर जिकिर गरे।
नगरपालिकाको वेथिति विरुद्ध पटक–पटक एक महिनादेखि हामीले सूचना माँग, ज्ञापन पत्र बुझाउँदा पनि मेयरले आलटाल गर्ने, समय लम्ब्याउने गरेको आरोप स्थानीय रुपलाल लामाले लगाए।
देखा देख अनियमिता गर्दा पनि मयरले उल्टै कर्मचारीहरुको संरक्षणमा तल्लिन रहेकाले हामी विरुद्धमा उत्रिन बाध्य भएको उनलले बताए। लामाले भने, ‘मेयरले आज पेस गरेको प्रतिवेदन मनगढ्न्ते ढङले प्रतिवेदन सार्वजनिक गरेको छ। भ्रष्ट कर्मचरीलाई कार्वाहीको दायरामा नल्याउँदा सम्म आन्दोलन रोकिन्न।’
जनप्रतिनिधीकै आडभरोसा र कर्मचारीको मिलेमत्तोमा नायब सुब्बा र खरिदारको लागि छुट्टाछुट्टै सम्झौता र बजेटिङ्ग गरेर एकै समयमा एउटै कक्षा कोठामा राखेर कक्षा संचालन गरी व्यापक भ्रष्ट्राचार गरेको गरेको विषयलाई रकम फिर्ता गराएर ‘डिसमिस’ गर्ने खेलमा मेयर लगाएतका निश्चित जनप्रतिनिधी सक्रिय भएको युवा अनिल सिंहले बताए।
उनले भने, ‘दुईवटा कक्षा एकै ठाउँ चलाउने, फोटोकपीको नाममा ७ लाख, एउटै कार्यक्रमको संयोजक र कोडिनेटरको नाममा ६० हजार निकासा दिने। जनताले कुरा उठाएपछि रकम फिर्ता गर्यो भनेर छुट पाइन्छ? यो कर्मचारी चोख्याउने खेल हो।’
यता आज मेयरले सार्वजनिक गरेको प्रतिवेदनमा पनि नगरपालिकासँग भएको सम्झौता अनुबमोजिम सेवा प्रदायक संस्था गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी प्रा.लि.विराटनगरले एउटै कक्षा चलाएर दुवैको भुक्तानी लिनु उचित नदेखिएको उल्लेख गरेको छ।
प्रतिवेदनमा ‘कर्मचारी र जनप्रतिनिधीसँग गम्भिर छलफल पश्चात सम्झौता अनुसार एउटै कार्यक्रममात्र गरेकाले एउटाकोमात्र भुक्तानि दिन ठहर गरेका छौं।’
सार्वजनिक प्रतिवेदनमा भुक्तानि दिने ठहर गरिएको भनिएपनि असार २० गते नै सेवा प्रदायक कम्पनीले भ्याटसहित ३२ लाख ८१ हजार ५२० रुपैयाँ भुक्तानी लिएको छ।
स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलन गरेपश्चात र अख्तियारले खाज तलास गरेपछि गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी प्रा.लि.विराटनगरले धनगढीमाई नगरपालिकाको नाममा रहेको कुमारी बैंक लिमिटेडमा ११ लाख भन्दा बढी रकम जम्मा गरेको छ।
भष्टाचार भएको स्वीकार गरेपनि कर्मचारी प्रति देखाएको ‘आशक्ति’ले मेयर महतोमाथि पनि प्रश्न सोझिएको छ।
प्रतिवेदन पेश गर्नु अगावै प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले र लेखा अधिकृत पुरुषोतम कुमार प्रसाद भने कार्यालयमा उपस्थिति थिएनन्।
प्रतिवदेनमा चित्त नबुझेर स्थानीयले कुरा उठाउन थालेपछि मेयर महतो प्रहरीको सुरक्षा घेराविच कार्यकक्षमा प्रवेश गरेका थिए। मेयर महतो कार्यक्रम छोडेर कार्यकक्षामा प्रवेश गरेपछि उपस्थित स्थानीयले मेयर विरुद्ध चर्को नाराबाजी गरेका थिए।