फाईल फोटो।

सिरहा, २६ साउन। सिरहा प्रहरीले स्रोत नखुलेको पौने नौं लाखभन्दा बढी नगद सहित एक जनालाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको छ।

प्रहरीले सिरहा नगरपालि १७ नेपाल भारत सीमाबाट नेपाल तर्फ आउदै गरेको बा.१२ प १६३७ नम्वरको मोरटसाईमा समार स्थानीय ४८ वर्षिय संजिव कुमार साहलाई आठ लाख७५, हजार ७६० रुपैयाँ स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो।

गोप्य सुचनाको आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद यादवको कमाण्डमा खटिगएको टोलीले शंका लागी
रोकी चेकजाँच गर्दा साहको साथबाट शरीरमा बेरीएर राखेको नेपाल रुपैयाँ आठ लाख ७५ हजार ७६०रुपैयाँ र भारतीय रुपैया ४६ हजार एक सय बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबन्द्र राज पाण्डेले जानकारी दिए।

नियन्त्रणमा लिईएको रकम सहित आवश्यक अनुसन्धानको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाईएको प्रहरीले जनाएको छ।

भारतीय बजारमा नेपाली ग्राहकले सामाग्री खरिद गर्दा प्राप्त नेपाली रकम ल्याएको हुन सक्ने स्थानियले बताएको छ। भारतीय व्यसायीहरुले नेपाली वरुपैयाँ नेपालीहरुको नाममा नेपालमै खाताखोली भारतमा एटीएमबाट रकम झिक्ने गरेको बताइन्छ।