काठमाडौं, २६ साउन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।
नक्कली प्रमाणपत्र बनाएर डाक्टर पढेको अभियोगमा मोरङका मनित चौधरी र काठमाडौँमा रहेको इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकारलाई पक्राउ गरेको हो।
चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ। सीआईबीले बिहीवार कांग्रेसका सांसद सुनीलकुमार शर्मासहित पाँचजनालाई पक्राउ गरेको थिए।
विहिवार रै डा रामबाबु यादव, डा. रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी पक्राउ परेका थिए।
उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ।
अहिले पनि सिआइबीको अपरेशन जारी रहेको जनाइएको छ।



                    
                            
                                                            


        
        
        















