सिरहा, २४ साउन। मधेशमा भईरहेको अवैध उत्खनन गर्ने सञ्जाललाई तत्काल नियन्त्रणगरी कार्वाहीको माँग गर्दै मधेस आर्मी नामको संस्थाले वन तथा वातावरण मन्त्री माननीय बीरेन्द्र प्रसाद महतोलाई ज्ञापन–पत्र बुझाएको छ।

मधेशका जिल्लाहरुमा अवैध र अनियन्त्रित रुपमा भईरहेको बालुवा, गिट्टी, ढुङ्गा उत्खनन् नियन्त्रण र उत्खनन्मा संलग्न गिरोहलाई कार्वाहीको माँग गर्दै मन्त्री महतोलाई ज्ञापन–पत्र बुझाएको हो।

मधेश निकट भविष्यमा नै मरुभूमि भन्ने खतरा देखा पर्ने स्थिति उत्पन्न भई हाम्रो अस्तित्व पनि खतरामा पर्ने देखिएकोले समयमा नै गैर कानूनी रुपमा भइृरहेको नदीजन्य पदार्थ उत्खननलाई रोक्नु पर्ने ज्ञापन–पत्रमा उल्लेख गरिएको छ।

‘चुरे क्षेत्रको बिग्रदो वातावरणीय अवस्थाले गर्दा वातावरणीय सेवाको अनिश्चितताहुन पुगेकोले उत्पादकत्वमा ह्रास आई विपद जन्य घट्नाहरूमा वृद्धि भएको अवस्थालाई प्राकृतिक श्रोतको दोहन रोकी क्षयिकरण प्रक्रिया न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरी वातावरणीय सेवाको दिगो उपलब्धता सुनिश्चितता गर्न अत्यावश्यक भएकोले चुरे तराई मधेश भूपरिधिमा पारेको प्रतिकूल प्रभावप्रति संवेदनशील हुन् अत्यन्त जरुरी देखिन्छ; मधेश आर्मिले मन्त्री महतोलाई बुझाएको ज्ञापनपत्रमा लेखिएको छ।
उनीहरुले बुझाएको पत्रमा ‘क्रसर माफिया, ग्राभेल माफियाहरूले सम्बन्धित निकाय बाट बिना दर्ता खानी सञ्चालन गरिरहेका छन्।

अवैध उत्खनन गतिविधिहरू लामो समयदेखि जारी छ, ् वातावरणीय परिणामहरू चिन्ताजनक छन्। जसले वन विनाश, माटोको क्षय र प्राकृतिक पानीका स्रोतहरूलाई प्रतिकूल प्रभाव गर्दछ। अवस्था गम्भीर हुँदाहुँदै पनि यस्ता गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै ठोस पहल नगरेको देख्दा दुःख लागेको छ।’

कार्यान्वन, नियमन र व्यवस्थापनको जिम्मा निकाय देखावटी अनुगमन गरिसकेका छन्। अनुगमन गरेपनि कुनै ठोस निणर्य नलिएकै कारण २४ घण्टा नबित्दै फेरी उत्खनन सञ्चालनमा आउने गरेको पाइएको छ।

सिरहा जिल्लाको विभिन्न क्षेत्रमा विशेषगरी कमला, घुर्मिखोला, नरहा गाउँपालिका ३, गोलबजार नगरपालिका ९,१०, धनगढीमाई नगरपालिका ८, गणेशमानचारनाथ नगरपालिका लगायतका क्षेत्रमा बन जङ्गल फडानी समेत गरी व्यापक अवैध उत्खनन भइरहेको हुदाँ सचेत नागरिकको हैसियतले हाम्रो ध्यानाकर्षण भएको छ।

यस विषयमा वन तथा वातावरण मन्त्रीको गम्भीर ध्यानाकर्षण गराई यथाशीघ्र कारवाही लागि जोरदार माँग गरेको मधेश आर्मीका प्रमुख चन्द्र यदुवंशीद्वरा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरेको छ।

वातावरणीय सरोकारलाई सम्बोधन गर्न र प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न महत्वपूर्ण कदम चाल्दै मधेस आर्मी प्रधान सेनापतिले आज वन मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै अवैध उत्खननलाई तत्काल रोक्न माग गरेका छन्।

dohan niyantran