सुख्खा क्षेत्र घोषणा गर्न बोदे बर्साईनका किसानको माँग

    • श्रावण १८, २०८०
    • ३०६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, १८ साउन। सप्तरीको बोदे बर्साईन नगरपालिकालाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्ने पाँच सुत्रीय मागसहित किसानहरुले ज्ञापनपत्र बुझाएका छन्। किसान संघर्ष समितिले बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह यादवलाई आफ्ना माँग सहितको ज्ञापनपत्र बुझाएका हुन्।

    किसान संघर्ष समिति बोदे बर्साईनका संयोजक श्रीप्रसाद भगतको नेतृत्वको टोली नगरपालिका कार्यालय पुगेरै नगर प्रमुख यादवलाई आमनागरिक र किसानले वर्षे पानीको अभावमा खेतीपाती गर्न नसकेकाले तत्काल सुख्खा क्षेत्र घोषणा हुनुपर्ने, पशु चौपायामा देखिएको लम्पि स्किन रोग निदान तथा नियन्त्रणकाका लागि भ्याक्सिनको व्यवस्था गर्नुको साथै वस्तुभाउ गुमाएका किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे।

    सोही क्रममा किसानका लागि उन्नत बिउँ विजन, सिचाइँ तथा मलखाद सरल र सहज रुपमा उपल्बधताको सुनिश्चित गर्नुपर्ने, कृषि विद्युतीयकरणसँग आवद्ध भएका किसानका लागि २४ घण्टा विद्युत आपूर्तिको व्यवस्थापन गर्नुको साथै राहतस्वरुप कृषि विद्युत मिटर नगरपालिकाले किसानलाई सहज रुपमा उपलब्ध गर्नुपर्ने माग गरिएको छ।

    यसैगरी, बोदे बर्साईन नगरपालिकामा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्नेसहितको माग रहेको छ। समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख यादवले बोदे बर्साईन नगरपालिकामा तत्काल देखिएको खानेपानीसहित कृषि कर्मका लागि आवश्यक पानीको समस्याबारेमा स्थानीय सरकार गम्भीर रहेको बताइएको छ।

    नगर प्रमुख यादवले यस विषयमा ऊर्जा सिचाइँ तथा खानेपानी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा अन्य सरोकारवालाको विज्ञसँग छिटो छलफल गरेर स्थानीइ स्तरमा सर्वदलीय बैठक बोलाएर समाधानका लागि पहल गर्ने बताए।

    saprari bb1

     

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल