बर्दिवास, १४ साउन। महोत्तरीको सोनमो पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ।

सोनमा ५ खैरबन्नी मामाघर आएकी सर्लाहीको गोडैता नगरपालिका ९ का महेश मलिक डोमको ५ वर्षकी छोरी चञ्चला कुमारी मलिक र भारतको सीतामढी बथनाहाका राम भजन मलिकका छोरी वर्ष ४ वर्षिया अर्चनाकुमारी मलिक पोखरीमा डुवेर मृत्यु भएको हो।

शनिवार खैरबन्नीस्थित मामा विजय मलिकको घर आएकी दुवै जना नुहाउने क्रममा एक्कासि डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए।

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ।