आशिष विश्वकर्मा
सिरहा, १४ साउन। धगढीमाई नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको लोक सेवा तयारी कक्षामा व्यापक अनियमितता भएको खवरहरु सार्वजनिक भईरहेकै वेला अनियमिता पुष्टि गर्ने प्रमाणहरु फेला परेका छन्।
नगरक्षेत्रका एक सय ३० जना विद्यार्थीहरुलाई लक्षित गरी संचालन गरेको नायक सुव्वा र खरिदारको लोकसेवा तयारी कक्षामा व्यापक अनियमितता भएको नगरपालिकाबाट प्राप्त काजगातहरुले नै पुष्टि भएको हो।
लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने जिम्मा पाएको गौरी भक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजि प्रा.लि.विराटनगरले पेस गरेको आर्थिक प्रस्तावनामा विनियोजित रकम खर्च गर्नकै लागि एउटै तालिममा ‘तालिम संयोजक र प्रोग्राम कोडिनेर’ देखाएर रकम भुक्तानि लिएको छ। एक महिने तालिममा तीन लाख ६० हजारको फोटोकपीमा खर्च गरी व्यापक अनियमितता गरिएको स्थानियहरु बताउँछन्।
लोकसेवा तयारी कक्षा संचालनको लागि पाँच वटा संस्थाले प्रस्ताव पेश गरेको मौखिक रुपमा भनेपनि स्थानीयले सूचनामाँग गर्दा तीनवटामात्र आर्थिक प्रस्तावना उपलब्ध गराएको छ। तीनै वटा खार्थिक प्रस्तावना हेर्दा एउटै व्यक्तिले बनाएको भन्ने स्ष्ट हुन्छ। तीन वटै आर्थिक प्रस्तावको क्रम संख्या, शिर्षक र उल्लेखखित रहम एकै प्रकारको छ।
‘सञ्चार, कार्यालय तथा व्यवस्थापन खर्च’ शिर्षकमा मात्र रकम तलमाथि पारिएको छ। यस शिर्षकमा योजनाको जिम्मा पाउने गौरी भक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजि ट्रेनिङ प्रा.लिले सवैभन्दा कम ३१ हजार प्रस्ताव गरेको छ, भने अन्य दुईले ४५ हजार र ९० हजार उल्लेख छ। ‘यसले सामान्य व्यक्तिले पनि मिलेमत्तोमा कामभएको प्रष्ट देखाउँछ’ स्थानीय युवा योगेश सिंहले जिकिर गरे।
उनले भने, ‘यो सरासर ढाट छल गर्ने काम भएको छ। यहाँका कर्मचारी र जनप्रतिनीधिले जनतालाई उल्लु बनाउन खोजेको छ।’
तयारी कक्षा संञ्चालन गर्ने जिम्मा पाएको संस्थाले प्रमुख प्रशिक्षक खर्च दैनिक १२ हजारका दरले ३० दिनको तीत लाख ६० हजार, सहायक प्रशिक्षकको दैनिक ४ हजारको दरले ३० दिनको एक लाख २० हजार, किताव एक हजार ६ सयका तरले ६० जनालाई ९६ हाजार, टिसर्ट पाँच सयका दरले ६० जनालाई ३० हजार, कप, कलम तीन सयका दरले १८ हजार, ह्यान्डस्आउट प्रति दिन प्रति विद्यार्थी दुईसयका दरले ६० जनाको ३० दिनमा तीन लाख ६० हजार, तालिम संयोजक दैनिक एक हजारका तरले ३० दिनको ३० हजार, सहयोगी १५ हजार, चिया विस्कुट ९० हजार, मल्डिमिडिया भारा दैनिक २ हजारको दरले ६० हजार, विभिध ५० हजार, उद्घाटन १० हजार, प्रतिवेदन एक हजार, सञ्चार, कार्यालय तथा व्यवस्थापन खर्च ३१ हजार, हलभाडा ९० हजार, प्रोग्राम कोडिनेर ३५ हजार, तालिम संयोजक, प्रोग्राम कोडिनेटर र सहयोगीको खाना, खाजा ३६ हजार, अनुगमन खर्च २० हजारसहित १४ लाख ५२ हजार भ्याट बाहेक रकम आर्थिक प्रस्तावना पेश गरेको छ।
सोही प्रस्तावना अनुसार गौरी भक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजिले भ्याट सहित १६ लाख ४० हजार ७६० रुपैयाँको विल बैशाख ११ गते पेश गरेको थियो। त्यसको तीन दिनपछि उनले रकम भुक्तानि पाएको छ।
यो संस्थाले लोकसेवाको खरिदार र नायव सुव्वा दुवैगरी गरी ३२ लाख ८१ हजार ५२० रुपैयाँ भुक्तानी पाएको छ। एउटै संस्थाले एकैखालको आर्थिक प्रस्तावना पेश गरे दुईवटा कार्यक्रम प्राप्त गर्नुले पनि अनियमितता भएको थप आशंका उत्पन्न गरेको स्थानीय अनिल सिंहले बताए। उनले भने, ‘प्रस्तावना माँग गर्दा तीन वटाले प्रस्तावना पेश गर्ने, क्रम संख्या, शिर्षक, रकम एउटै खालको हुने। फरक पनि एउटै शिर्षकमा देखिनुले अनियमितता भएको प्रष्ट पार्छ।’
छानविनको नाममा ‘दुधको साक्षी विरालोलाई’
अनियमितताको समाचार सार्वजनिक भएपछि नगरपालिकाले छानविन समिति गठन गरेको छ। छानविन समितिमा अनियमितामा संलग्नताको आशंका गरिएका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद बगाले, लेखा अधिकृत पुरुशोतम कुमार प्रसाद र राजश्वका कर्मचारी हुनुले समिति प्रति नै आशंका उत्पन्न भएको स्थानीयहरु बताउँछन्।
यस सम्वन्धमा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोसँग सम्पर्क गर्दा उनले म सहित हाकिम साव, लेखा, राजश्वका कर्मचारीको छानविन समिति गठन गरिएको बताए। मेयर महतोले भने, ‘म आफै पनि समितिमा छु, मैले सवैथोक हेर्न पाएको छैन। कर्मचारीहरु तयारीमा लागेका छन्। आज बसेर सवै हेरेर भोली प्रतिवेदन सार्वजनिक गर्छु।’
लेखा अधिकृत पुरुशोतम कुमार प्रसादसँग सम्पर्क गर्दा सवै थोक मिलि सकेको छ। हामी अहिले त्यसैको तयारीमा छौं। अख्तियारले पनि कागजातहरु मग गरेको छ। कामको जिम्मा लिएकासँग हामीले १० लाखभन्दा बढी रकम फिर्ता लिएका छौं। भोलीसम्म यसको सवै प्रतिवेदन अख्तियारमा बुझाइसकेपछि सार्वजनिक गछौं।’
यस सवन्धनमा बुझ्न प्रमुख प्रशासकिय अधिकृत बगालेसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।
कर्मचारीहरु आफु बच्न भुक्तानी गरेका रकम फिर्ता गराए
स्थानियहरुले लोकसेवा कार्यक्रममा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयो अनुसन्धान कार्यालय वर्दिवासमा उजुरु गरेपछि नगरपलिकाका लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृत आफु वच्नको लागी आर्थिक ऐन विपरित भुक्तानि दिएका रकम समेत फिर्ता गर्न लाएका छन्। नगरपालिकाले सम्झौता गरे अनुसारका रकम भुक्तनि दिएपनि स्थानियहरुको चर्को विरोध र अख्तियारको छानविन पश्चात कर्मचारीहरु अहिले आफु बच्नकालागी गौरी भक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजिसंग फिर्ता गराएका हुन्।
यो कार्यक्रम विशेष गरे लेखा अधिकृत पुरुशोतम कुमार प्रसादको सेटिङ्मा भएको भन्ने व्यापक चर्चा छ। कार्यक्रमको विच उनको सक्रियताले पनि यसप्रति संकेत गरेको युवाहरुको भनाई रहेको छ।
परामर्श सेवा खरिद वापत भुक्तानि गरेको रकम फिर्ता गरेको हो भन्ने त्यो आर्थिक ऐन विपरित रहेको जानकारहरु बताउछन्।
स्थानीय युवाहरुले अन्य कार्यक्रम सकिएको महिनौंसम्म चेक नकाट्ने लेखाअधिकृतले कार्यक्रम सकेको हप्तादिन नवित्दै भुक्तानिदिनुले पनि सेटिङको सङ्केत गरेको जिकिर गर्छन्।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद बगालेसंग सम्पर्क गर्न खोज्दा कल रिसिभ नगरि सम्पर्कमा आउन चाहेनन्।
नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुकै मिलोमतोमा लोकसेवा तयारी कक्षा संचालन लगायतका अन्य कार्यक्रमहरुमा पनि चरम भ्रष्टार भएको स्थनियहरु बताउछन्।