आशिष विश्वकर्मा

सिरहा, ११ साउन। धान रोप्ने समय घर्कीसक्दा पनि सिरहाको नरहा गाउँ पालिका ५ का किसान राजदेव यादवको दुई विगहा देत बाँझौ छ। करिव १५ कठ्ठा जमिनमा स्यालो ट्युवेलको सहयोगमा जसोतसो रोपाइँ गरेपनि रोपाइँ हुनेगरी पानी नपर्दा महतोको खेत बाँझै रहेको हो।

पानी अभावका कारण विष्णुपुर गाउँ पालिका ५ का त्रिभुवन महतोले धान रोप्न राखेको एक विगहा जमिन अझै बाँझै छ। साउनको मध्येय सम्ममा पनि सुख्खा जारी रहेकाले उनको खेतमा धान रोपाइँ हुन नसकेको महतोले बताए।

महताको जमिनमा कमलाको नहर लाग्ने भएपनि लामो समयदेखिको खरेडीले नहरमा पानी नआउँदा रोपाई हुन सकेको छैन। उनले ‘रापइँको समय घर्किनलाग्दा पनि उनको खेत बाँझै छ। विउ व्याडमै सुक्न थालिसक्यो। पानी पर्ने छाट अझै छैन; भन्दै चिन्ता व्यक्त गरे।

सिरहा नगरपालिका १० पदमपुरका नुनु पासवानले गाउँकै गिरहतको करिव एक विगहा जमिन अधियामा गरेका छन्। उनले स्यालो ट्युवेलबाट पानी पटाएर जसोतसो रोपाइँ गरेपनि खरेडीले रोप सुक्न थालेको छ। पासवानले भने, ‘जसो तसो धान त रोपीयो, तर खरेडीले रोपेको रोप सुक्न लागिसक्यो, पानी पर्ने कुनै सङ्केत नै छैन।’

लामो समयको खरेडिले धेरै किसानले धान रोप्न पाएका छैनन्। रोपेका धान पनि सुक्न थालेकाले किसान चिन्तित छन्। रोप्न बाँकी रहेका किसानको विउ व्याडमै सुक्न थालेको छ।

धानमात्र हैन पानि अभावका कारण फल्न लागेका मकै, मडुवा लागएतका बालीपनि सुक्न थालेको किसानहरु बताउँछन्।
धान रोप्ने समय सकिनै लागेपनि सिरहामा ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ। लामो समयदेखि धान रोपाइँकालागि अवाश्यक पानी नपरेका कारण धान रोप्ने समय घर्किसक्दा पनि आधा जमिन बाँझै रहेको हो।
आकाशे पानीको भरमा खेतिहुँदै आएको सिरहामा विशेषगरी धानरोप्ने मुख्य समय पानी नपरेको कारण रोपाईमा कमी आएको कृषि ज्ञानकेन्द्र सिरहाका प्रमुख नरेन्द्र कुमार महासेठले बताए। उनले भने, ‘विशेषगरी सिरहामा आकाशे पानीकै भरमा धानखेति हुँदै आएको छ। यो वर्ष लामो समयदेखि धानरोप्न मिल्नेगरी एकपटकमात्र पानी परेकाले रोपाईमा कमी आएको हो।’
गत वर्ष यहि समयमा जिल्लाको कुल ५९ हजार धान खेतियोग्य जमिन मध्ये ९५ प्रतिशतमा रोपाई सम्पनन भईसकेको ज्ञान केन्द्रका प्रमुख महासेठले जानकारी दिए।
ज्ञानकेन्द्रका प्रमुख पानी साना कुलो तथा भूमिगत जलस्रोतको पहुँच भएका पालिकाहरुमा सन्तोषजनक रोपाई भएको भएपनि राजमार्ग आसमापासका गाउँ पालिकामा कम रोपाई भएको जनाए।

सिरहामा सवैभन्दा कम कल्याणपुर नगरपालिकामा १० प्रतिशतमात्र रोपाई भएको छ भने सवैभन्दा बढी बडियारपट्टी गाउँ पालिकामा ९० प्रतिशत रोपाई भएको ज्ञानकेन्द्रले जनाएको छ।

लहान नगरपालकामा ५० प्रतिशत, धनगढीमाईमा ४५ प्रतिशत, गोलबजारमा ३५ प्रतिशत, मिर्चैयामा ३८ प्रतिशत, कर्जन्हामा ६० प्रतिशत रोपाई भएको ज्ञानकेन्द्रले जनाएको छ।

त्यसैगरी, सुखिपुर नगरपालिकामा ३० प्रतिशत भगवानपुर गाउँ पालिकामा ८५ प्रतिशत, नरहामा गगाउँ पालिकामा ३० प्रतिशत, विष्णुपुर गाउँ पालिकामा ५५ प्रतिशत, सखुवा नन्कारकट्टी गाउँ पालिकामा ७० प्रतिशत, औरही गाउँ पालिकामा २५ प्रतिशत र नवराजपुर गाउँ पालिकामा ८० प्रतिशत धान रोपाई भएको ज्ञान केन्द्रले जनाएको छ।

स्थानीय जातको धानहरु कम फल्ने भएकाले उन्नत जातका धानहरु किसानको रोजाँमा पर्ने ज्ञान केन्द्रको भनाईइ रहेको छ। जिल्लामा विशेषगरी वासमती रातो, कालो, सोना मन्सुली, हर्दिनाथ, राम धान, सुख्ख २ र ३, कतर्नी लगायत जातको धानखेति हुने गरेको छ।

कमला नदीको पूर्वी नहरले सानो क्षेत्रमा सिंचाईको सुविधा पुर्याएको भएपनि वर्षाका नभएका कारण नरहमा पनि थोरै पानी आएकाले किसानले धान रोप्न पाएका छैनन्।

ropai 2 ropai 3 ropai 6