सिरहा, ८ साउन। सिरहा प्रहरीले विभिन्न प्रकारका प्रतिवन्धित लागु औषध सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।
सिरहा नगरपालिका १७ बाट भारत मधुवनी जिल्ला बेल्ही १ बस्ने करिव २२ वर्षिय आशुतोष कुमार यादवलाई प्रहरीले विभिन्न खालका करिव एक हजार थान प्रतिवन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको हो।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको अवस्थामा पैदलयात्री यादवलाई शंकालागि चेकजाच गर्दा उनको साथबाट कोडीवेल ९१ बोतल, साम्पेक्स दुई सय ८८ थान, नाइट्राभेट छ सय थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।
पक्राउ परेका यादवलाई लागु औषध मुद्दामा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।



                    
                            
                                                            


        
        
        















