सिरहा, ४ साउन। सिरहाके गोलबजार नपा १०को सामुदायीक वन क्षेत्रमा ट्याक्टर प्रयोग गरेर खन जोत गरिरहेको अवस्थामा सव डिभिजन वन कार्यालय गोलबजार चोहर्वाले ट्याक्टरसहित तीन जनालाई नियन्त्रण्मा लिएको छ।
गोलबजार १० धोबिया धार स्थित चुरे चौफाल सातपत्रे सामुदायिक बन क्षेत्रको जग्गा अतिक्रमण गरी खन जोत गरिरहेको अवस्थामा स्थानीय ३१ वर्षीय कुमार तामाङ, उनको श्रीमति मालती लामा र ट्याक्टर चालक कासिन्द्र सदालाई नियन्त्रणमा लिएको हो।
सो वनक्षेत्रमा गत आर्थिक वर्षमा डिभिजन बनकार्यालयले करिव तीस हेक्टर जग्गामा तार वारसहितको वृक्षरोपण गरेको थियो।
सव डिभिजन कार्यालय गोलबजार चोहर्वाले गोप्य सुचनाको आधारमा तामाङले २१ वटा पिल्लर र करिव १० हेक्टर वनको जग्गा अतिक्रमण गरिरहेकै अबस्थामा पक्राउ गरेको सहायक बन अधिकृत सत्यनारायण यादवले जानकारी दिए।
पक्राउ गरेका तिनै जनालाई वन एन अन्तर्गत ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख शैलेन्द्र कुमार मिश्राले जनाए।
प्रमुख मिश्राले वन क्षेत्र अतिक्रमण गर्ने कार्य नियन्त्रणमा कार्यालय लागिपरेको बताए।
सिरहाको चुरे क्षेत्रमा तिव्ररुपमा बन फडानी गरी खेतबनाउने क्रम हुनेगरेको बताइन्छ।