सिरहा, ३१ असार। गोलबजार नगरपालिका १२ का वडा अध्यक्ष गणेश मुखियाले व्यक्तित रिसिविका कारण सडकले नछुने घर भत्काएको स्थानीय राम विकास महताले आरोप लगाएको छ। अदालतमा मुद्दा चलिरहेको अवस्थामा वडा अध्यक्ष मुखियाले केही व्यक्तिहरुलाई मादक पदार्थ ख्वाएर हुलहुज्जत गरी जेसीभी लगाएर घर तोडफोडको महतोले आरोप लगाएको हो।

GBR school

जमदह–लगडी गदियानी सडक अन्तर्गत गोलबजार १२ बेतौनाका सुगादेवी महतोको नामको जमिनमा रहेको घर वडाले विना सूचना भत्काएको सुगादेवीकी श्रीमान राम विलासले बताए। उनले भने, ‘बाटोको एकतर्फी जग्गा च्याप्न खोजेपछि आफूले न्यायको लागि अदालत गुहारेको थिँए। आज अदालतको समेत मानमर्दन गर्दै तीनचार वर्ष पहिला करिव ५५ लाख लागतमा बनाएको घर भत्काएको छ।’

वडा अध्यक्ष गणेश मुखियाले अदालतको आदेशको समेत अवहेलना गर्दै एकलौटी ढङ्गले आफ्नो घर भत्काएको महतोले बताए। उनले भने, ‘वडा अध्यक्ष मुखियाले आफूलाई कुनै लिखित तथा मौखिक सूचना समेत दिएन। एक्कासी मादक पदार्थ सेवन गरेका व्यक्तिहरु ल्याएर हुलहुज्जत गर्दै जेसीभी भिडाएर घर भत्काउन थाले। हामीले अदालतको कागज देखाउँदा पनि उनले अटेरी गरे।’

वर्षाको मध्येय समयमा जवरजस्ती घर भत्कारले विचल्लीमा पारेको बताए। उनलेभने, ‘श्रीमती विरामी छे, ९५ वर्षको बुढो बुवा हुनुहुन्छ। मध्येय वर्षाको समयमा विनासूचना घर भत्काएर म माथि अन्याय गरेको छ। अन्याय गर्नेमाथि कानुनी कार्वाही हुनु पर्छ।’

उनले सडक फराकीलो पार्ने नाममा एकतर्फी आफ्नो घर भत्काउन खोजेपछि अदालतमा गुहार माग्न पुगेको बताए। अदालत गुहारे पनि अदालतकै अवहेला हुनेगरी घरभत्काएको महतोले सुनाए।

महतोले गोलबजार नगरपालिकाका, पालिकाका मेयर, वडा नम्वर १२ का वडा अध्यक्ष, धनुषाको जनकपुरस्थित हुलाकी राजमार्ग निर्देशनालयलाई विपक्षी मनाएर जिल्ला अदालतमा मुद्दा दिएका छन्। मुदाको किनारा नलाग्दै वडा अध्यक्षको नेतृत्वका घर भत्काएको महतोको बताए।

उनले आफ्नो घर भत्काउनुको कारण सहित वडा अध्यक्षले क्षतिपूर्ति दिनुपर्ने माँग गरे। उनले भने, ‘शक्तिको आडमा मेरो घर भत्काईएको छ। वडा अध्यक्षले त्यसको मूल्य चुकाउनु पर्छ।’

महताले आफूले अदालतमा मुद्दा रहेपनि सामाजिक छलफलबाट मिलाउन सकिने भएकाले समाजिक छलफलको माँग गरेपनि छलफल समेत नगरेर हुकुमी शैलिमा हुलहुज्जत गर्दै घर भत्काएको बताए। घर भत्कीदा घरमा रहेको सम्पूर्ण सामाग्री नष्ट भएका छन्।

वडा अध्यक्ष गणेश मुखियाले सामाजिक छलफलबाट भएको निर्णय स्थानियले लागु गरेको भन्दै आफ्नो बताउ गरे। उनले भने, ‘अरुनै विषमा छलफल चलिरहेको वेला यो कुरा पनि आयो, त्यहि म सहित ११ जनाको प्रतिनिधीले घर भत्काउने निर्णय गर्यौं, त्यसको कार्यान्वय स्थानीय जनताले गरेका हुन्।’

अदालतमा मुद्दा चलिरहेको बेला तपाई आफै वसेर घरभत्काउने निर्ण गर्न मिल्छ? भन्ने प्रश्नमा उनले स्थानीयले गरेका हुन यसमा मेरो संलग्नता छैन भन्दै पन्छिन खोजे।

golbazar 12 07117ef3-2fc0-457c-87d1-cabffb473c95