अपारदर्शि लेनदेनका कारण विवादिन बनेका सिरहाको धनगढीमाई नगरपालिका ४ स्थित नेपाल कृषि फर्म प्रा.लि.का सञ्चालक संजिब साह र उनकी श्रीमती बविता साह। -फोटोः सामाजिक सञ्जालबाट।

सिरहा, ३० असार। कृषि फर्मको नाममा बैंक, वित्तिय सँस्था र ब्यक्तिहरूसँग लिएको करोडौँ रूपैयाँ लिएर फिर्ता नगरेपछि संचालक सञ्जिव साह विवादमा फसेका छन्।

महोत्तरीको भंगाहा निवासी साह हाल सिरहाको धनगढीमाई नगरपालिका ४ मा रहेको नेपाल कृषि फर्म प्रा.लि.का सञ्चालक संजिब साह अपादर्शि लेनदेनका कारण विवादित बनेका हुन्।

सञ्जिवलाई नजिकबाट चिन्नेहरूमध्येका एक हुन् सिरहाको धनगढीमाई नगरपालिका ४ का राकेशकुमार यादव। सञ्जिवले सरकारी अनुदान हत्याउने उद्वेश्य राखेर श्रीमती बबिता साहको नाममा खोलेको मोडर्न नेपाल कृषि फर्म नजिकै राकेशको घर छ। उक्त कृषि फर्म चलाउन आर्थिक समस्या परेको भन्दै सञ्जिवले केही दीनको लागि भनेर ४० लाख रूपैयाँ सापटी लिएका थिए।

राकेशले खेत बेचेको र कमाएको केही पैसा बैंकमा राखेको सुईको पाएपछि संजिव रातदिन घरमै आएर एक सातानको लागि सापटी लिएका थिए। एकसाताको लागि लिएको सापटी साता, पन्ददिन, महिना हुदै दई बर्ष पुगिसकेको छ। तर उनले सापटी फिर्ता पाएको छैन।
दुई बर्ष बिति सक्दा पनि सञ्जिवले सापट लिएको पैसा फिर्ता नदिएपछि राकेश कानुनी कार्वाहीमा अग्रसर भएका छन्। सञ्जिवले दिएको चेक बाउन्स गरेर मुद्दा हाल्ने तयारीमा राकेश छन्।

राकेशसँग जस्तै गोलबजारका धेरै ब्यापारीहरूसँग सञ्जिवले चेक दिएर पैसा सापट लिएको गोलबजार उधोग व्यापार सँघका अध्यक्ष विजयकुमार साहले बताए।

अध्यक्ष विजयका अनुसार सञ्जिवले ४ बर्ष अघि गोलबजारका पप्पु साहसँग ५० लाख रूपैयाँ चेक दिएर ऋण लिएका थिए, कृषि फर्मका नाममा। त्यस्तै कृषि फर्मकै नाममा गोलबजारकै नरेश जैन, भुनेश्वर साह लगायतसँग पनि ५० लाख रूपैयाँ ऋण लिएका सञ्जिवले ऋण फिर्ता गरेका छैनन्। यस बिषयमा ऋण दिनेहरूले संयुक्त रूपमा सञ्जिव विरूद्व उजुरी दिएका छन्। अध्यक्ष विजय भन्छन, ‘तर, सञ्जिव छलफलमा आईरहेको छैन। फटाहा रहेछ।’

उनी बैंकका कर्मचारीहरुमार्फत बैंक खातामा रकम रहेका मानिसहरुसँग चिनजान गर्ने र ऋण सापटी लिने गरेको समेत खुलेको छ। मुक्तिनाथ विकास बैंक गोलबजार शाखाका म्यानेजर शशिभुषण साहमार्फत सञ्जीवसँग चिनजान धनगढीमाई नगरपालिका ३ का सुवोधकुमार साहसँग दुई वर्षअघि लिएको छ लाख रूपैयाँ सापटी लिएको छ।

घडेरी किन्न भनेर सोही बैंकमा राखेको ६ लाख रुपैयाँ एकसाताको लागि भनेर सापटी लिएको थियो। तीन वर्ष वितिसक्दा पनि उनले सापर्टी रकम सवै फिर्ता पाउन सकेको छैन। सुवोधले २०/५० हजार गरेर तीन लाख पाएपनि उनले अझै तीनलाख रकम लिन बाँकी छ।

अहिले उनै सुवोधलाई संजिवले मिटरव्याजी साहु बनाएका छन्। पैसा लिन यहाँ आईज, त्यहाँ आईज भनेर हैरान पारेको झोकमा रिसाएर बोलेको कुरालाई धम्की दिएको भन्दै हिडेका छन्।

नीजि बैंकका म्यानेजरहरुले पनि आफ्नो ऋण जसरी पनि फिर्ता गराउने नाममा ऋणीहरुलाई साहुखोजिदिने गरेको यो घटनाले खुलाएको छ।

यता सञ्जिवसँगको लेनदेनकै बिषयमा गुनासो गर्न २ सयभन्दा बढि ब्यक्ति वडा कार्यालयमा आएका सञ्जिवले कृषि फर्म खोलेको धनगढीमाई ४ का वडाध्यक्ष ओम यादवले बताए। उसको अनाधिकृत आर्थिक लेनदेनले वडाकै बेईज्जत भएको वडाध्यक्ष यादवले बताए।