सिरहा, २८ असार। सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षमा लोकसेवा तयारी कक्षा सम्बन्धी गरिएको तालिममा व्यापक अनियमितता गरेकोे खुलेको छ। नगरपालिकाले नायब सुब्बा र खरेदारको लागी लोक सेवा तयारी कक्षा सम्बन्धि चलाइएको तालिमको नाममा कर्मचारीहरुले व्यापक अनियमितता गरिएको खुलेको हो।

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुकै मिलोमतोमा लोकसेवा तयारी कक्षा संचालन लगायतका अन्य कार्यक्रमहरुमा पनि चरम भ्रष्टार भएको स्थनियहरु बताउछन्।

श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रा.लि. विराटनगर मोरङ्गसँग नगरपालिकाले नायवसुब्बा र खरिदार तहको तयारी कक्षाको लागि भ्याट वहेक १४ लाख ५२ हजारका दरले २९ लाख ४ हजारमा सम्झौता गरेको छ।


सम्झौता बमोजिम खरिखारमा ६६ र नायवुसुब्बामा ६५ जनासहित एक सय ३१ जना विद्यार्थी सहभागी रहेको नगरपालिकाको अभिलेखमा उल्लेख भएको छ। तर, विद्यार्थीको सहभागीता भने ५० भन्दा कम रहेने गरेका सहभागी विद्यार्थीहरुले सुनाए।

दुई वटा विषयका लागि छुट्टा छुट्टै सम्झौता भएपनि उपस्थित सवै विद्यार्थीलाई एउटै कक्षामा पढाएर अनियमिता गरेको स्थानीय योगेश सिंहले बताए। उनले भने, ‘नायब सुब्बा र खरिदारको लागि छुट्टाछुट्टै सम्झौता र बजेटिङ्ग गरेको छ। एउटै कक्षाकोठामा एकैसमयमा राखेर पढाउनुले पनि कर्मचारी र जनप्रतिनिधीकै मिलेमत्तोमा अनियमितता भएको छरलङ्गै देखिन्छ। उनले थपे, ‘सवैठाउँमा अनियमितता भएको भन्ने हल्ला भयो। हामीले नगरपालिकामा आएर सूचना माँग गर्यौं। माँग गर्दापनि हामीलाई धेरै समय लाग्यो। धेरै प्रयासपछि हामीले सूचना त पायौं। तर त्यो पनि अपुरो पायौं। आज हामीलाई छलफलको लागि बोलाउनु भएको थियो।

उनले, ‘त्यसबेला पनि हामीसँग सम्पूर्ण विवरण छैन। सेवा प्रदायकसंस्थासँग माँग गरेका छौं। पठाउनसाथ उपलब्ध गराउँछौं भन्ने पत्र हामीलाई थमायो। यो कस्तो नगरपालिका हो? जसले विल भर्पाई विनै भुक्तानी दियो। इसले पनि अभियमितता भएको प्रस्ट हुन्छ।’

प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद बगालेले पनि एकै समयमा एउटै कोठामा राखेर पढाएको स्वीकार गरेको छ। अधिकृत बगालेले, ‘दुवै विषय करिव करिव मिल्ने भएकाले र सवै विद्यार्थी नियमित उपस्थित नहुँदा खरिदार र नायवसुब्बाको कक्षा एकैपटक एउटै कोठामा चलाएको हो। सेवा प्रदायक संस्थाले एकैपटक चलाउँदा पनि हुन्छ भनेकाले हामीले स्वीकृत दिएका हौं।’

दुईवटा विषय, फरक फरक सम्झौता गरेर एकैठाउँ एकैपटक कक्षासञ्चालन गर्ने तर भुक्तानीभने दुवैको गर्दा अनियमितता भएन र? भन्ने प्रश्न गर्दा प्रमुख प्रशासकिय अधिकृत बगालेले प्रतिकृया दिन चाहेनन्।
तलिमका सहभागी मिथुन कुमार रामले आफूले पुस्तक, ह्याण्डस्आउट र भेष्ट जस्ता केही सामाग्री नपाएको बताए। उनले कक्षा संचालन भएको ३ दिनपछि मात्र गएका भएपनि उपस्थित नभएका दिनहरुको पनि हस्ताक्षर गरेको बताए। उनले भने, ‘म अन्य काममा रहेकाले नियमित कक्षामा जान नसकेपनि सवैदिनको हस्ताक्षर गर्न लगाए। यहाँबाट कुनै किसिमको सामाग्री पाएको छुईन।


अमित कुमार मण्डल धनगढीमाई नपा ६ मैले १० दिन जति कक्षामा सहभागी भएँ। उनले भने, ‘कार्यक्रममा सहभागी त भए तर मैले पनि कुनै सामग्री पाइन। एनले थपे, ‘तालिममा करिव १३ दिन सहभागी भएपनि उपस्थितिमा एकमहिनाकै सहि गर्न लगाए।’


हलभाडा ९० हजार देखाएपनि २० हजारमात्र तिरेको छ। बुद्ध महिला सहकारी संस्थाको सभाहलमा प्रशिक्षण चलाएको थियो। सहकारीलाई २० हजारमात्र भाढाबुझाएको स्रोतको दावी छ।

संस्थाले प्र्रशिक्षकहरुको पारिश्रमिक र यातायात खर्च, प्रशासनिक खर्च जसमा किताव, टिसर्ट, कपी कलपम, ह्यान्डस आउट, तालिम संयोजक, सहसंयोजकको पारिश्रमिक, सहाभागीहरुको चिया विस्कुट विविध खर्च, मल्टिमिडिया, व्यानर, सरसफाई, उदघाटन/समापन, प्रदिवेदन, संचार, कार्यालय व्यवस्थापन खर्च, हलभाडा, अनुागमन तथा अन्य सम्झौता बमोजिमको रकम गत बैशाख ११ गते भुक्तानीको लागि नियमानुसार सम्झौता र कार्यादेश बमोजिम कार्यक्रम सम्पन्न प्रतिवेदन तथा अन्य आवश्यक कागजात पेश गरेपछि गत बैशाख २० गते भुक्तानी गरियो भन्ने उल्लेख गरेको छ।

युवाहरुले पटक पटक भुक्तानिको प्रकृया र भुक्तिानी प्रकृयामा पेश गरेका कागजातहरु माँग गर्दा प्रमुख प्रशासकिय अधिकृत बगालेले लेक सेवा आयोगको खरिदार र ना.सु स्तरको तयारी कक्षाको क्रियाकलापगत खर्चको विवरण परामर्शदातासँग यस कार्यलयले क्रियातग खर्च विवरण पेशगर्न लेखि पठाइएको हुदा उक्त संस्थाबाट प्राप्त भएपछि उपलब्ध गराउने भनी पत्रद्वारा नै जानकारी गराएको छ।

यसले पनि यो कार्यक्रममा व्यापक अनियमितता भएको पुष्टि हुन्छ।
यो कार्यक्रम विशेष गरे लेखा अधिकृत पुरुशोतम कुमार प्रसादको सेटिङ्मा भएको भन्ने व्यापक चर्चा छ। कार्यक्रमको विच उनको सक्रियताले पनि यसप्रति संकेत गरेको युवाहरुको भनाई रहेको छ। स्थानीय युवाहरुले अन्य कार्यक्रम सकियेको महिनौंसम्म चेक नकाट्ने लेखाअधिकृतले कार्यक्रम सकेको हप्तादिन नवित्दै भुक्तानिदिनुले पनि सेष्टिको सङ्केत गरेको जिकिर गर्छन्।

आक्रोशित युवाहरुले आज प्रमुख प्रशासकिय अधिकृत बगाले र लेखा अधिकृत पुरुषोतमलाई तीनघण्टाभन्दाबढी समय कार्यालयभित्रै राखेर र्याखर्याती पारेका थिए। उनीहरुलेमाग गरेको कागजात नदिएसम्म कार्यालयबाहिर जान नदिनेभन्दै युवाहरुले दुवैअधिकारीहरुलाई कार्यकक्षामै राखेर धर्ना दिएका थिए।

तालिम २०७९ चैत ९ गते देखि २०८० बैशाख ८ गतेसम्म सञ्चालन भएको थियो।

‘‘नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा लोक सेवा तयारी कक्षा संचालन गर्न नगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन गरेको थियो। सेवाप्रदायक संस्थाले ३१ लख २४ हजार ७०४ रुपैयाँ भुक्तानी पाएको छ।‘‘


कार्यक्रमकोलागि ५ वटा संस्थासँगको प्रतिस्पर्धामा सवैभन्दा कममा यो संस्थाले कार्यक्रम स्वीकार गरेको भनेपनि अन्य संस्थाले पेश गरेको प्रस्तावित योजना विवरणभने कार्यालयले देखाउन चाहेनन्।

dhangadhi29 dhangadhi 02 1