सिरहा, २७ असार। जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत्त एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना दिईरहेको भिडियो बाहिरिएको छ। महोत्तरीको जलेश्वर नगरपालिका ८ फूलहट्टा घरभाई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडी पारी बाधेर यातना दिएको भिडियो सार्वजनिक भएको हो।
रायलाई आफ्नै कार्यालयका ईन्सपेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लगाएको छ।
समाजिक संजालमा भाइरल भिडियोमा प्रहरी जवान राय भकानिएर रुँदै बाँधीएको हात खोलिदिन खोलिदिन अनुरोध गरेको छ। उनीसँग दोहोरो सम्वादमा रहेको व्यक्तिले कहाँ रक्ति खाईस भन्ने प्रश्न मा उनेले, ‘मैले रक्सि खाएको छैन, मेरो हात खोलिदिनुस्। मैले रक्सि खाएको प्रमाणित भए म जागिर छोड्छु।’ भन्ने सम्वाद सुनिन्छ।
भिडियो सम्वादमा रहेको भनिएको ईन्सपेक्टर राईले पनि रक्सि खाए नखाएको जाँचपछि निस्कि हाल्छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिंदै गरेको सुनिन्छ।’
प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी याताना नदिनुस बरु मारिदिनुस्’ भनेको छ।
सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार उदाङ्गिएको छ। ‘मुस्कान सहितको सेवा’ दिने प्रहरी आफैले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यहारले प्रहरीमाथि थप प्रश्न उठेको स्थानीय बुद्धिजिकिहरु बताउँछन्।
प्रहरी जवान राय निरन्तर अधिक ड्युटी गरायको गुनासो गर्न आफ्ना कमाण्डर ईन्सपेक्टर राईकामा पुगेका बखत इन्सपेक्टर राईले गाली गलौज गरेको बताइएको छ।
इन्सपेक्टर राईले गालिगलौज गरेपछि आक्रोसित प्रहरि जवान रायले पनि जवाफ फर्काएकाएपछि हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको बताईएको छ। रायका आफन्तले न्यायको लागि अदालत जाने बताएको छ।
सिरहाका सूचना अधिकारी डिएसपी रबिन्द्र राज पाण्डेले त्यस्तो केही नभएको भन्दै यातनादिने व्यक्तिको बचाउ गरे। उनले प्रहरी जवान राय बदमास रहेको भन्दै घटना भएको स्वीकार गरेपनि बाहिर भएको हल्ला जस्तो नभएको बताए।
डिएसपी पाण्डलेले रायले मादक पदार्थ सेवन गरेको भनिएपनि मेडिकल रिपोर्टमा नदेखिएको बताए।
यता मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराईले आफूले पनि घटनाबारे जानकारी पाएको बताए। आज जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित आवास भवन उद्घाटनको लागि आएका उनले घटनाको आवश्यक छानविनको लागि समिति गठन गरेको बताए। उनले भने, ‘मैले पनि घटनाबारे जानकारी पाएको थिएँ, संयोगले सिरहा आएकाले आजै छानविन समिति गठन गरेको छु। समितिको प्रतिवेदनपछि आवश्यक कार्वाही हुन्छ।’