काठमाडौं, २७ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ। उनको आज बिहान ८ बजेर ३३ मिनेटमा उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।
नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गर्नुभएको छ।
उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो। उपचारका क्रममा ६९ वर्षको उमेरमा दहाल निधन भएको हो।
उनको आजै अन्त्येष्टि गरिने भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।