सप्तरी, २२ असार। सप्तरीमा चट्याङ्ग लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको विष्णुपुर गाउँपालिका ७ विष्णुपुर टोलका चट्याङ्ग लागेर घाइते ७० वर्षीय रामप्रसाद रामको उपचारको मृत्यु भएको हो।
घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घाइते रामको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।






















