सिराह, १७ असार। वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र महतोले चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न पहल भईरहेको बताएको छ। सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरस्थित बाबाताल क्षेत्रमा आइतबार वृक्षरोपण गर्दै मन्त्री महतोले चुरेलाई संरक्षित क्षेत्र घोषणाको पहल गर्ने बताएको हो।

मन्त्री महतोले बाबाताल सुन्दर पर्यटकीय तथा धार्मिक क्षेत्र भएकाले यसको छुट्टै महत्व रहेको बताए। उनले तराई क्षेत्रको विनाशलाई रोक्न संरक्षित क्षेत्र बनाउन पहल गर्ने प्रतिवधता जनाए।

उनले यसक्षेत्रको विकासको लागि आफ्नो मन्त्रालयबाट बजेट विनियोजन गरीने बताए। मन्तव्यका क्रममा उनले आफ्नो मन्त्रालयबाट बाबाताल विकासको लागि मन्त्रालयले ५० लाख रकम विनियोजन गर्ने बताए।

संविधानविद तथा बाबाताल संरक्षण समितिका संरक्षक काशिराज दाहालले बाबातालालाई सार्कस्तरीय पर्यटकिय क्षेत्र बनाउन सकिने बताए। उनले यहाँको भुगोल, पर्यापरण र सुगमताको लाभ उठाउन सकिने हो भने सार्कस्तरीय पर्यटकीय स्थल बनाउन सकिने बताए।

सोही क्रममा उनले चुरे विनाश हुनबाट जोगाउन, हरियाली बचाउन र पर्यावरणको विकास गर्नुपर्नेमा जोड दिए।

सोही अवसरमा साल, रुद्राक्ष, अमला, समी, बेल, गुल्मर, बेगमबेली जस्ता औषधीजन्य तथा जङ्गली तीन सय विरुवा रोपीएको सव डिभिजन वन कार्यालय बन्दिपुरले बताए।

वृक्षरोपण कार्यक्रममा मन्त्री महतो, संविधानविद् दाहाल, नगरप्रमुख भोलाप्रसाद पोखरेल, प्राध्यापक डा.रामप्रसाद दाहाल, स्थानीय जनप्रतिनिधिको सहभागीता रहेको थियो।

17(1) babatal 1