सिरहा, १६ असार। जनप्रतिनीधि दलका नेता, समाजका अगुवाहरुले मात्रैपनि जातिय विभेद र लैङ्किहिंसा जन्य बोलि र व्यवहार रोक्नेहो भने विभेदमा कमि आउने एक कार्यक्रमका बक्ताहरुले बताएका छन्। द

लित महिला केन्द्र, नेपालद्वारा सिरहाको गोलबजारमा आयोजित ‘स्थानीय परीयोजना सल्लाकार समिति बैठक’का बक्ताहरुले जातिय तथा लैङ्गिक हिंसा अन्त्यका लागि सामाजिक अगुवाहरुले पहल गर्नुपर्नेमा जोड दिएका हुन्।

नगर उप–प्रमुख मानती साहले हिंसाको घटना रोक्न पुरुषहरुको व्यवहारमै परिवर्तन जरुरी रहेको बताए। उनले भने, ‘महिलाहरु पीडित छन्, उनीहरुले पनि हिंसाका विषयमा बुझ्नु पर्छ। तर, यस विषयमा पुरुषहरुले बुझ्नु र व्यवहारमा परिवर्तन गर्न जरुरी देखिन्छ।’

सोही क्रममा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिया अधिकृत अनन्त कुमार पैण्ड्यालले नगरपालिकाले महिला, बालबालिका र सडकबालबालिकाहरुको विषयमा सामाजिकसंस्थाहरुसँग मिलेर कामगर्ने नीति बनाएको बताए। उनले भने, ‘हामी टुहुरा, अनाथ बालबालिका र हिंसापीडित महिलाको रक्षा र सुरक्षाको लागि साझेदारीमा कामगर्न तयार छौं।’

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादी (नकपाएस) का जिल्ला सचिव योगेन्द्र प्रसाद सिंहले जातिय तथा लैङ्गिक हिंसाहुने खालका बोलि र व्यहार जनप्रतिनधी तथा दलितय नेताहरुले प्रतिबद्धता जनाए न्यूनिकरण सम्भव रहेको बताए।

उनले आजपनि जनप्रतिनिधी, दलका नेता तथा समाजिक अगुवाहरुले समेत विभेदजन्य व्यहार देखाएको भन्दै त्यसलाई रोक्न आजैबाट प्रतिबद्धता जनाउन जरुरी रहेको बताए।

नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा वडा अध्यक्ष धनप्रसाद लामा, महिला तथा बालबालिका शाखाकी नानिमैयाँ खपाङ्गीले सुझाव सहितका मन्तव्य व्यक्त गरेका थिए।
संस्थाको उदेश्यबारे सीडीडब्ल्यूएनका महासचिव गौरा नेपालीले जानकारी गराएका थिए।

‘सीडीडब्ल्यूएनद्वारा ‘नेपालमा सामाजिक सद्भावमा जनताको सहभागिता’ परियोजना संयोजक सरुमा विश्वकर्माले ‘स्थानीय परीयोजना सल्लाकार समिति बैठक’ मा परियोजनाको उलब्धी, मूख्य सिकाई र सम्भावित समाधानका विषयमा जानकारी गराएका थिए।

सोही क्रममा उनले अहिंसात्मक द्वन्द्व रुपान्तरणको माध्यमबाट सामाजिक सद्भाव र शान्ति प्रवद्र्धन, द्वन्द्वलाई सम्बोधन गर्न स्थित, शान्तिपूर्ण र लोकतान्त्रिक संस्थाहरु निर्माण गर्न महिलाको व्यक्तिगत र सामूहिक क्षमता विकासलाई परियोजनाको प्राथमिकता रहेको बताए।

यस्तै कार्यक्रम विहिवारका दिन सिरहाको धनगढीमाई नगरपालिकामा पनि सम्पन्न भएको आयोजकले जनाएको छ।