फाईल फोटो।
विराटनगर, ८ असार। ओखलढुङ्गामा वर्षासँगै खसेको पहिरोले घर पुरिएर श्रीमान श्रीमतसहित तीनजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।
जिल्लाको चम्पादेवी गाउँपालिका ८ मा बिहीबार राति पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया र १८ महिने छोरी कृतिकाको मृत्यु भएको हो। गुरुङका १० वर्षीय छोरा दिनेशभने वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी देवेन्द्र दासले जानकारी दिए।
बेपत्ताको खोजी भइरहेको प्रहरीले जानकारी दिए। राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पुरिएका छन्।
ती दुई घरमा बस्नेले भने भागेर ज्यान जोगाएको बताइएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन्। पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन्।