साङ्केतिक फोटो।

उदयपुर, २९ जेठ। जवरजस्ती करणी अभियोगमा उदयपुर प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका ३ हडिया बस्ने १६ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले घटनाको सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।