सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा पालिका अध्यक्षको निवासमा ढुंगामुडा गरेको आरोपमा पक्राउ परेको बिद्यार्थी रिहा भएका छन्।
आईतवार र सोमबार चन्द्रनगर गाउँपालिका र पालिका अध्यक्षको निवासमा तोडफोड तथा आगजानी गरेको आरोपमा पक्राउ परेका पोलिटेक्निक इन्स्च्यिुटका २० जना विद्यार्थीहरुलाई प्रहरीले रिहा गरेको हो।
गाउँपालिकामा तोडफोड तथा कर्मचारीमाथि हातपात र गालीगलौज सहित टायर बालेर प्रदर्शन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
आन्दोलित विद्यार्थीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यलय, सर्लाहीका प्रहरी उपरीक्षक नरेराज सुवेदीले जानकारी दिए। विद्यार्थीहरुले आन्दोलन गरेका कारण तत्कालका लागि उनीहरुलाई रिहा गरिएको प्रहरीको भनाई छ। गाउँपालिकाबाट किटानी जाहेरी समेत नआएको प्रहरीको भनाई थियो।
सार्वजनिक सम्पत्तिको समेत तोडफोड तथा क्षति गरिएको भन्दै स्थानिय सरकारले शान्ति सुरक्षाको र कार्वाहीको लागि विज्ञप्ती निकालेको थियो।
पक्राउ परेका विद्यार्थीहरुलाई पूर्व गाउँपालिका अध्यक्ष महेन्द्र महतो सुडडी, उपाध्यक्ष पति तथा उपाध्यक्ष स्विकिय सचिव महाविर महतो, गाउँपालिका अध्यक्ष प्रत्यार्शी लोकेन्द्र मुखिया र वार्ड नम्जर ३ का वडाध्यक्ष सीताराम महतोको सक्रियतामा थुना मुक्त भएको बताइएको छ। यता गाउँपालिका अध्यक्ष राजकुमार महतोले विद्यार्थीहरु उनिहरुककै उक्साहटमा गाउँपालिका कार्यलयमा ढुंगामुढा गर्न पुगेको दाबी गरे।
विद्यार्थीहरु गाउँपालिकाको कार्यलयमाथि तोडफोड, आगजनी र ढुंगामुडा गर्दा मस्त निन्द्रामा सुतेका उनिहरु आन्दोलित विद्यार्थीहरु पक्राउ गरे लगत्तै निन्द्राबाट ब्यूझिएका छन्। अध्यक्ष महतोले भने, ‘उनीहरुलेनै प्रहरी प्रशासनलाई धम्की र लालच देखाएर पक्राउ परेकाहरुलाई छुटाएका खवर आएको छ।’
उनले यस घटनालाई आफैं धाँमी, आफैं बोक्सीको समेत संज्ञा दिदै आन्दोलित विद्यार्थीहरुलाई कानुनी कार्वाहीको दायरामा ल्याउनुका साटो उनिहरु जिल्ला प्रहरी कार्यलय, सर्लाहीमा पटक पटक ताकेता र राजनितिक पहुँच लगाए विद्यार्थीहरुलाई थुनामुक्त गराएको टिप्पणी गरे।
विद्यार्थीहरु उनिहरुको उक्साहटमा आएर तोडफोड तथा ढुंगामुडा गरेको गाउँ पालिका अध्यक्षको आरोप छ।
चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्यूटका विद्यार्थीहरु शिक्षक, किताब र कलेज व्यवस्थापनको माग राख्दै आइतबारका दिनदेखि आन्दोलित थिए।
गाउँ पालिका अध्यक्षले इन्स्टिच्यूटका समास्याहरु आफू आएपछि क्रमिक रुपमा समाधान गर्दै गएको बताउँदै आएको छ। अध्यक्ष मताले आफूले क्रमिक रुपमा समस्या सुल्झाउँदै आएपनि केहिव्यक्तिको उस्काहटमा विद्यार्थीहरु प्रयोग भएको बताए।