ठूलो परीमाणमा लागुऔषध सहित मोटरसाइकल बरामद, मोटरसाइकलमा सवारहरु फरार

    • जेठ २३, २०८०
    • ४६४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित लागुऔषध सहित एउटा मोटरसाइकल बरामद गरेको छ।
    इलाका प्रहरी कार्यालय मिर्चैयाले नरहा गाउँ पालिका ३ नयाँ चोहर्वाबाट कोविवेल सिरफ एक सय एमएलको दुई सय बोतल, डल्फ डीसी एक सय एमएलको ५० थान, नाइट्रोजन ट्याबलेट ९१ थान सहित प्र. १–०५–००१प ७६०८ नम्वरको मोटराइकल बरामद गरेको हो।

    सरप्राइज चेकिङ्गमा रहेका प्रहरीलाई देखेर भाग्ने क्रममा मोटरसाइकल लडन पुगेको थियो। मोटरसाइकल लडाएर भागेपछि सङ्का लागि झोला चेकगर्दा झोलाभित्र रहेको प्लास्टिकको बोरामा सो परिणामको प्रतिवन्धित लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र कुमार वस्नेतले जानकारी दिए।

    लडेको मोटरसाइकल उठाउन पुगेको स्थानीय र प्रहरीलाई देखेपछि मोटरसाकलमा सवार दुवैजना झोला छोडेर फरार भएको एक प्रत्यक्ष दर्शिले जनाए। लगतै आएका स्थानीय र प्रहरीले झोला खोली हेर्दा बोराभित्र प्याक गरेको सामान बरमद भएको प्रहरीको भनाई छ।

    बरामद मोटरसाइकल धनीसँगको समन्वयमा उनीहरुको खोजी थाल्ने प्रहरीको भनाई छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


    सिरहाको विभिन्न नाकाहुँदै उदयपुरसम्म लागुऔषधहरु पुर्याउने गरेको पाइएको छ। जिल्लाका गाउँ गाउँका साना औषधी पसलहरुमा पनि प्रतिवन्धित लागुऔषध लुकाई छिपाई विक्रि गर्नेगरेको स्रोतको दावी छ।

     

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल