सिरहा, १८ जेठ। सिरहा सहित मधेश प्रदेशमा पछिल्लो केही दिनदेखि चर्को घामसँगै बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै लहान नगरपालिकाले एक साताका लागि विद्यालय बिदा दिएको छ।

नगरपालिकाले बिहीबार सूचना जारी गर्दै गर्मीको कारणले बालबालिकामा प्रतिकुल असर पर्ने भन्दैे भोली जेठ १९ गतेदेखि २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु विदा दिएको हो।

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा विहिवार सुचना सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका बाल विकासदेखि १२ कक्षासम्म पढाइ हुँदै आएका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द उल्लेख गरेको छ।

गर्मीको कारणल विद्यालयमा बालबालिका बेहोस हुने, ज्वरो आउने क्रम बढेपछि केही दिनका लागि नगरपालिकाले विद्यालय बन्द गर्न लागेको हो। पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ। बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४० डिग्री सेल्सियससम्म पुग्ने गरेकाले दैनिक जनजीवन समेत प्रभावित हुने गरेको छ।

LAHAN 18