नियम विपरित नदिजन्य पदार्थ उत्खन्न रोक्न माँग गर्दै प्रशासनलाई ज्ञापन

    • जेठ ८, २०८०
    • ४८५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ८ जेठ। चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउण्डेशन नेपालले जिल्लाको विभिन्नस्थाबाट हुँदै आएको अवैध तथा अनियन्त्रित नदिजन्य पदार्थ उत्खन्नको नियमन तथा नियन्त्रण गनुपर्नेमाँग सहित जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको छ।

    नेपाल सरकारले तोकेको मामदण्ड विपरीत तथा बातावरणमा प्रतिकुल प्रभाव पर्नेगरी भएको उत्खनन रोक्न माँग गर्दै फाउण्ेशनका अध्यक्ष विणुकुमार साह नेतृत्वसहितको टोलिले जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख भोजराज खतिवडा मार्फत विभिन्न सरोकारबाला निकायलाई ज्ञापनपत्र बुझाएको हो।

    फाउण्डशनले बुझाएको ज्ञापनपत्रमा जिल्लाको विभिन्न नदी तथा स्थानबाट मापदण्ड विपरीत भईरहेको उत्खन्नले वातावरणिय असन्तुलन, चुरे विनास, भुक्षय तथा पानीका मुहानहरु सुक्न थालेकाले मापदण्ड विपरितका उत्खन्न तत्काल रोक्नमाँग गरेको छ।

    ज्ञापनपत्रमा भनिएको छ, ‘यस अघि पनि कमला बचाउ अभियानको नाममा स्थानीय किसान, राजनीतिक दल, नागरिक समाजले उठाउँदै आएको आवाजप्रति ऐक्यवद्धता जनाउँदै उहाँहरुले उठाएकोमाँग छिटोभन्दा छिटो पुरा गर्न सरोकारबालाहरुसँग अपिल गर्दछु।’

    विशेष गरेर सिरहा धनुषाको सीमानाभएर बग्ने धार्मीक, सामाजिक तथा सास्कृतिक महत्वको कमला नदीबाट राज्यले तयगरेको मापदण्ड विपरीत नदीजन्य पदार्थ अवैधरुपमा उत्खन्न भईरहेको प्रति फाउण्डेशनको गम्भिर ध्यानाकर्षण भएको छ। यस्तो खालको अवैध उत्खनन तत्काल रोक्न फाउण्डेशनलेमाँग गरेको छ।

    कमला नदीको जथाभाभी उत्खन्नका कारण किनारमा रहेका सिरहातर्फका कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिका प्रत्यक वर्ष प्रभावित हुने गरेका छन्। ध्नुषा तर्फको चारनाथ तथा कमला नगरपालिकाका बासिन्दा प्रभावित हुने गरेका छन्।
    यसरी गैरकानूनी, मापदण्ड विपरित उत्खन्नले गाउँ गाउँका खानेपानीका स्रोतहरुसमेत सुक्न थालेका छन्। जसका कारण ट्यूवेलबाट पानीहरु थोरै आउने वा सुक्ने थालेको छ।

    सिरहा सहित मधेशका जिल्लाहरुमा स्थानीय जनप्रतिनीधि र प्रशासनकै मिलेमत्तोमा अन्धाधुन्ध उत्खनन् हुने गरेको छ। नदीजन्य पदार्थ उत्खन्न नियमन र नियन्त्रणको लागि स्थानीय नागरिक समाज र जनसमुदायले आवाज उठाएपनि सम्वन्धीत निकाय मौन बस्ने गरेको छ।

    फाउण्डेशनले वन तथा पर्याटन मन्त्रालय मधेश प्रदेश, जिल्ला समन्वय समिति सिरहा र धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, कर्जन्हा नगरपालिका र गणेशमान चारनाथ नगरपालिकालाई ज्ञापत्र बोधार्थ दिएको छ।

     

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल