सिरहा, ६ जेठ। सिराहामा सव डिभिजन वन कार्यालय चोहर्वाका कर्मचारीको मिलोमतोमा काठ तस्करी हुने गरेको पाइएको छ। सव डिभिजन वन कार्यालय चोहर्वाका कर्मचारीकै मिलोमतोमा काठ तस्करी गरिरहेको अवस्थामा सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वाबाट दुई ट्याक्टर काठ बरामद भएको हो।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नपा ८ मा ट्राफिकले चेकजाँच गरिरहेको अवस्थामा नजीकै रहेको जनता माध्यमिक विद्यालय चोहर्वाको पश्चिमतर्फ सहायक सडकमा ट्याक्टर लुकाई राखेको देखेर स्थानीयले वन कार्मचारीलाई खवर गरेका थिए। खवर पाए लगर्त आएका वन कर्मचारीले दुवै ट्याक्टर नियन्त्रणमा लिएको भएपनि अर्का कर्मचारी सहायक वन अधिकृत कासिन्द्र प्रसाद यादवले काट झारेर ट्याक्टर पठाईदिएका स्थानीयले बताए।

स्थानीयले भने, ‘एकजना सादा पोसाकमा रहेकाले ट्याक्टर रोकेर केरकार गर्दै थिए। तत्काल आएका अर्काेले काठ झारेर ट्याक्टर पठाईदिए।’ तत्काल सञ्चारकर्मीले सोध्दा वन कर्मचारी आएको खवर पाएपछि काठ फालेर भागेको सोही कार्यालयमा कार्यरत सहायक वन अधिकृत कासिन्द्र प्रसाद यादवले जानकारी दिए।

काठ व्यवासयी निरलाल लामालाई सहायक वन अधिकृत यादवले नै यहि जेठ २ गते २४ थान थान गोलिया ४२५ क्यूविक फिट आँपको काठ नाप जाँच गरेको लागत प्रमाणित फारम दिएका थिए। उनले लागत फारम जारी गरेकोे मितिमा कार्यालयमा उपस्थित नै नभएको कार्यालय प्रमुख सत्यनारायण यादवले बताए।

उनले भने, ‘त्यही फरम देखेपछि संक्का लागेर सशस्त्र वन रक्षक जमदार धर्मदेव यादवलाई पठाएर ट्याक्टर रोकेका थियौं। पछि सहायक वन अधिकृत कासिन्द्र आफ्नो जिम्मामा ट्याक्टर छोडेको छ। यस विषयमा अनुसन्धान भईरहेको छ।’

उनले भने, ‘त्याहाँ हाम्रै कर्मचारीबाट केही गडबढी भएको छ, हामीले काठ नियन्त्रणमा लिएका छौं, त्यसको अनुसन्धान भईरहेको छ। र, संलग्न कर्मचारीको विषयमा पनि छानविन भईरहेको छ।’

उनले म आफै अफिसमा हुँदा हुदै सहायक कर्मर्चरीले लागत फारम भरेर प्रमाणित गरेकोमै आशंका भएको बताए। उनले भन, ‘म आफै कार्यालयमै छु, मलाई समेत जानकारी नगराई कार्यालय नै नआई बाटोबाटै लागत फारम भरेर, सहि छाप गर्नु भएकाछ। त्यसैले हामीलाई आशंका लागेर काठ नियन्त्रणमा लिएको हो। ट्याक्टर काजिन्दरजीकै जिम्मामा छोडिएको छ। यस विषयमा अनुसन्धान भईरहेको छ।’

उनले नम्वरी जमिनमा भएको काठ भएकोले त्यसको प्रकृया पुर्यार थोरै राजस्व बुझाएर काम गर्न सकिने अवस्था हुँदाहुदै बाटैमा कर्मचारी मिलाएर काम गर्दा काम व्यवासयी आफैपनि समस्यामा परेको बताए।

यस क्षेत्रमा नम्वरी जमिनमा भएका कारठ कटान आदेश नलिई निश्चित कर्मचारीलाई मिलाएर कारोबार हुने गरेको यस घटनाले घुलासा भएको छ। दिनहुँ नम्वर र अन्य जमिनको काठ कटान भएपनि कटान आदेश र लागत मूल्याङ्कन नगन्य मात्रामा हुनेगरेको वन कर्मचारीहरु नै बताउँछन्।