सिरहा ४ जेठ। सिरहाको मिर्चैया नगरपालिका स्थितको विशेष नापी कार्यालय कार्याय सहयोगीको भरमा चलिरहेको छ। कार्यालय प्रमुख सहित प्रशासनीक कामगर्ने कर्मचारी नहँुदा कार्यालय सहयोगीको भरमा कार्यालय सहयोगीको भरमा सञ्चालन भएको पाइएको हो।
भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण कितानापी महाशाखा विशेष नापी कार्यालय मिर्चैयामा कर्मचारी नहुदा सेवाग्राही मार्कामा परेका छन्। यस कार्यालय मातहतमा करिव तीन दर्जन प्राविधिक कर्मचारीहरु कार्यरत रहेपनि कार्यालय भने सहयोगीको भरमा छ। जनगुणसो पश्चात संचारकर्मीहरु कार्यालयमा पुग्दा दुइ कार्यालय सहयोगी र एकजना चालक मात्र भेटिए। त्यहाँ भेटिएका कार्यालय सहयहोगीहरुलाई कार्यालय प्रमुख कहाँहुनुहुन्छ? भनी सोध्दा उनीहरुले फिल्डमा गएको जवाफ दिए।
हामी पुग्दा कार्यालय संचालन गर्न भाडामा लिएका जम्मा ११ वटा कोठा मध्यये दर्ता चलानी गर्ने कोठा मात्र खुल्ला थियो। कार्यालय प्रमुख बस्ने कोठा, प्रशासन, भण्डारण कक्ष, नापी अधिकृत लगायतका कोठाहरु महिनौ देखि ताला लगाएर राखेको जस्तै देखियो। कार्यालय प्रमुखको कक्षको ढोकामा कयौंदिनदेखि नखुलेको जस्तो र पानीको जार राखिएको अवस्थामा भेटिए।
तत्काल कार्यालय प्रमुख दिलिप कुमार सिंहलाई फोन गरी कार्यालयमा आएको छु, भेटौं न भन्दा उनले ‘म अहिले अन्य कामले बाहिर आएको छु तत्काल भेट्न सकिन्न पछि भेटौला।’ उनले भने, ‘म अहिले अन्य कामको टेन्सनमा छु, दुई हप्ता अझै तपाइँहरुसँग भेट्न सकिन्न, कार्यालय पनि आउँदिन।’
यस कार्यालय मातहतमा रहेर नरहा गाउँ पालिका, मिर्चैया, कर्जन्हा, कल्याणपुर, सिरहा नगरपालिकाहरुमा नापजाँचको काम चलिरहेको छ। नाप जाँजको क्रममा कार्यालयमा सेवाग्राहिहरु भेट्न आउँदा कोही कहिल्यै कर्मचारी फेला पर्दैनन्।
आईतबारका दिन मध्यान्न तराईको तातो घाममा नरहा गाउँपालिका ४ का ६१ वर्षिय वैजनाथ यादव विशेष नापीले आफ्नो नम्वरी जमिन नापेको विषयमा बुझ्न गएका थिए। तर, उनी कर्मचारी नभएका कारण आफ्नो समस्या सुनाउन नपाई फर्किए। उनी यस अघि नापी कार्यालय सिरहा गएका थिए। सिरहामा विशेष नापीले नापेको हो, मिर्चैया जानुस भनेर पठाएपछि मिर्चैया विशेष नापीमा त आए तर, उनी कर्मचारी नभेटेरै फर्किनु पर्यो।
यादव मात्र हैन यहाँ आउने हरेक सेवा ग्राही सम्वन्धित कर्मचारी नभएकै कारण निराश भएर फर्नु पर्ने बाध्यता छ। कार्यालयमा कर्मचारी नभेट्दा उनीहरु कहिले सिरहा त कहिले यसै कार्यालयको मातहतमा रहेको विभिन्न टोलिमा भौतारिने गरेको दुखेसो सुनाउँछन्।





















