लहान, ३ जेठ। सिरहाको लहानमा सम्पन्न नेपाल नाई संघको आठौं राष्ट्रिय महाधिवेशनले ३१ सदसीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। राजाराम ठाकुरको अध्यक्षतामा ११ सदसीय पदाधिकारी सहित ३१ जनाको केन्द्रिय समिति चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा लालबाबु ठाकुर, उपाध्यक्षहरुमा श्याम कुमार ठाकुर, विश्वनाथ ठाकुर, सीयाराम ठाकुर, महेन्द्र ठाकुर, सीयाशरण ठाकुर रहेको प्रमुख चयन भएको अधिकृत सन्तोष कुमार सुवेदीले जानकारी दिए।

महाधिवेशनले महिला उपाध्यक्षमा सुमनदेवी ठाकुर, महासचिव कौशलमणी ठाकुर, उप–महासचिवमा जयनाथ ठाकुर र कोषाध्यक्षमा ध्रुव ठाकुरलाई चयन गरेको छ।

sirahaa napa

nai sangh