पूर्व वडाअध्यक्ष रिहाइको माँग गर्दै सडक जाम

    • जेठ ३, २०८०
    • १,५५० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा,३ जेठ। नरहा गाउँ पालिका २ का पूर्व वडाअध्यक्ष सहित पक्राउ परेका दुवैजनालाई तत्काल रिहाई माँग गर्दै स्थानीयले सिरहा माडर–चोहर्वा भित्रीसडक सडक अन्तर्गत नरहा ३ पानवारी चौकमा चक्का जाम गरेको छ। नरहा गाउँ पालिका २ को नवनिर्मिति वडा कार्यालयको शिलालेख तोडफोड आरोपमा पक्राउ आज बुधबार विहान परेका पूर्व वडा अध्यक्ष ज्ञानदेव सिंह र श्यामलाल सिंहको रिहाईको माँग गर्दै स्थानीयले सडक जाम गरेको हो।

    सडक अवरुद्धका कारण सयौंको संख्यामा सवारी साधान अलपत्रमा परेका छन्। सडक अवरुद्धको समर्थनमा विभिन्न दलका स्थानीय नेताहरुसमेत उपस्थित भएको स्थानीय सञ्चारकर्मी सुरेश रायले जानकारी दिएको छ।

    पूर्ववडा अध्यक्षकै पालमा निर्माण भएपनि वडा कार्यालयको हालै उदघाटनको बेला लगाइएको शीलालेखमा जग्गा दाता र निर्माण गर्ने वडा अध्यक्षको नाम नराखेकोमा विरोध भएको थियो। स्थानीय दलिय प्रतिनिधीसमक्ष वर्तमान वडा अध्यक्ष सम्झना सिंहले जग्गा दाताको नाम भुलवस राख्न नसकिएको स्वीकार गरेका थिए। वडा अध्यक्ष सिंहले तत्काल राख्ने भनेपनि छुट्टै टुक्रा शिलालेख बनाएको भन्दै स्थानीय आक्रोशित बनेका थिए। जग्गा दाताको नाम छुट्टै टुक्रा शिलालेखमा राखेको र निर्माण गर्ने पूर्व वडा अध्यक्षको नाम शिलालेखमा नसमेटिएको भन्दै उनीहरुले शिलालेख फुटाएको बताइएको छ।

    शिलालेखमा नेकपा एमालेका नेता तथा प्रतिनीधि सभा सदस्य लिल्लानाथ श्रेष्ठ, गाउँ पालिका अध्यक्ष रामप्रमोद यादव र वडा अध्यक्ष सम्झना सिंहको मात्र नाम राखिएको हुनाले बिवाद भएको थियो। प्रमुख अतिथीको रुपमा उपस्थित श्रेष्ठले नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गरेका थिए।

    प्रहरीले पक्राउ परेकाहरुको विषयमा अनुसन्धान भईरहेको जनाएको छ।

    karjanaha 1

     

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल