लहान, ३ जेठ। प्रतिनिधीसभा सदस्य तेजुलाल चौधरीले यहि वर्षभित्र नगरक्षेत्रकाका सवै सुकुम्वासीको हातमा लालपूर्जा पर्ने गरी कामगर्न जनप्रतिनिधीहरुलाई अनुरोध गरेका छन्। सप्तरीको सुरुङ्गा नगरपालिका १ मा आईतबार सम्पन्न भूमिहिन दलित तथा भूमिहिन सुकुवासीलाई लापूर्जा वितरण कार्यक्रमलाई यसम्वोधन गर्दै जनप्रतिनीधिको अझै चार वर्ष काम गर्ने समय छ; तर, राष्ट्रिय भूमि आयोग सीमित समयको लागि गठन भएकोले चाँडो काम सक्न अनुरोध गरेका हुन्।
पूर्व मन्त्री समेत रहेका सप्तरी निर्वाचन क्षेत्र नम्वर ४ का प्रतिनिधीभा सदस्य चौधरीले भने, ‘नेपाली नागरिक भएरपनि पुस्तौंदेखि एकटुक्रा जमिन नाममा नभएकाहरुलाई राज्यले जमिनको मालिक बनाउने महान अभियोन चलाएको छ। अभियानलाई सफल बनाउने जिम्मा तपाँई स्थानीय जनप्रतिनिधी कै हो। यसलाई इमान्दारिताका साथ पुरागर्न सक्रियता पूर्वक लाग्नुहोस्।’
मन्तव्यकै क्रममा फरक प्रसंगमा प्रतिनिधीभा सदस्य चौधरीले आफ्नै देशको नागरिकलाई विदेशी बनाउनु देशद्रोही काम भएको बताए। उनले भने, ‘आफ्नो नागरिकलाई विदेशी बनाएर वेच्नु देशद्रोदी कार्य हो। यस्तो देशद्रोही कार्यगर्ने जो कोहीलाई हदैसम्मको कार्वाही हुनुपर्छ।’
नगर प्रमुख गिता चौधरीले एक वर्षभित्र पालिकाभित्र भूमिहिनताको अन्त्य गर्नेगरी काम गरिरहेको बताए। ‘हाम्रो तर्फबाट चाँडो भन्दा चाडो काम सम्पन्न गर्नेगरी काम गरिरहेका छौं; भन्दै नगर प्रमुख चौधरीले भने, ‘नगरपालिकाले आउँदो वैशाख भित्र सवै भूमिहिनहरुको हातमा लालपुर्जा पर्नेगरी काम गरिरहेका छौं। सरोकारवाला सवैनिकायको साथ र सहयोग गरे काम समयमै सम्पन्न हुन्छ।’
प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले चुनाव र सरकार परिवर्तनका कारण केही समय ढिला भएको भएपनि आफ्नो तर्फबाट काम भईरहेको जनाए। शर्माका त्यस अवधिमा राष्ट्रिय भूमि आयोग निस्कृयजस्तो भएकोले काम अगाढी बढ्न सकेन त्यसैले थोरै ढिलो भएको हो। प्रमुख प्रशाकी अधिकृत शर्माले पालिकाले १४ जना जनशक्ति परिचालन गरी दुई महिनमामा दुई हजार ३९४ घरधुरीको तथ्याङ्क संकलन गरेको जनाए। जसमध्येय भूमिहिन दलित ४४७, भूमिहीन सुकुम्वासी ११४ र अव्यवस्थित वसोवासी एक हजार ८५३ जनाको तथ्याङ्क लिईएको जानकारी दिए। उनले तथ्याङ्क सङ्कलनको कार्य सम्पन्न भईसकेकाले अव आयोगसँगको समन्वयमा काम अगाडी बढ्ने बताए।
लालपूर्जा वितरण कार्यक्रममा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष हरेराम यादव, जिल्ला समन्वय समितिका अध्यक्ष शिवनारायण साह, पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, भूमि विज्ञ पञ्चदेव चौधरी, हरुवा चरुवा अधिकार मञ्च सप्तरीका अध्यक्ष देवलाल राम लगाएतले शुभकामना व्यक्त गरेका थिए।
सुरुङ्गा नपा १ का वडा अध्यक्ष क्षत्रवहादुर राउत (राजकुमार)को अध्यक्षतमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथी चौधरीले मञ्जिता कुमारी लामालाई लालपूजा हस्तान्तरण गर्दै गरेका थिए।
सोही क्रममा वडा अध्यक्ष राउतले आफ्नो वडाका आजबाट आज १७ जनालाई लालपुर्जा वितरण गरेर उद्घाटन भएको छ। ललपूर्जा प्राप्तगर्नेहरुलाई शुभकामनादिंदै आउँदा दिनहरुमा बाँकीरहेकाहरुलाई वडामा बोलाएरै वितरण गर्ने बताए।