सिरहा, २ जेठ। सिरहाका पालिकाहरुले ‘लैङ्गिक तथा समाजिक समावेशीकरण नीति’ बनाएर र ‘लैङ्गि हिंसा अत्य पालिका’ घोषणा गर्ने प्रतिबद्धता जनाएका छन्। दलित महिला केन्द्रले सिरहाका विभिन्न पालिकाहरुसँग ‘लैङ्गिक समानता तथा समाजिक समावेशीकरण नीति मस्यौदा २०८०’ तथा ‘लैङ्गिक हिंसा अन्त्य पालिका घोषणा गर्ने मापदण्ड २०७९’ सम्बन्धि छलफल कार्यक्रममा जनप्रतिनिधीहरुले आउँदो असारमाहुने सभाबाट लैङ्गिक तथा समाजिक समावेशीकरण नीति वनाएर घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन्।
कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला प्रसाद पोखरेलले हाम्रो मनभित्र अझै पनि पुरुषवादी चिन्तन कायम रहेकोले यसलाई सवैभन्दा पहिला आफैबाट हटाउनुपर्ने बताए। जनप्रतिनिधीहरुसँगको छलफल कार्यक्रममा नगर प्रमुख पोखरेलले प्रत्यक व्यक्तिमा अझै पुरुषबादी चिन्तन रहेकाले त्यस्तो चिन्तनबाट मुक्तहुने पर्नेमा जोड दिए।
उनले आफ्नै पालिकाका उपस्थित जनप्रनिधीहरुलाई आजैबाट ‘लैङ्गिक तथा समाजिक समावेशीकरण नीति’ मस्यौदा अध्ययन गर्न र यसलाई परिमार्जन सहित पासगर्न सहयोग गर्न अनुरोध गरे। मेयर पोखरेलले भने, ‘महामी सवै सहकार्य र सहमतिका आधारमा अगाडी बढ्ने हो। यो नीति पनि हामीसवैले छलफल, बहस गरेर सहमतिमा पास गर्नु पर्छ, त्यसको लागि सवै कार्यपालिका र नगरसभा सदस्य साथीहरुलाई सहयोगको लागि अपिल गर्छु।’
‘लैङ्गिक समानता तथा समाजिक समावेशीकरण नीति मस्यौदा २०८०’ सम्बन्धि छलफल कार्यक्रममा पुर्व उपमेयर ज्ञानु श्रेष्ठ, वाडा नम्वर एकका वडा अध्यक्ष फडिन्द्र कार्की, शाखा प्रमुखहरुले मन्तव्य व्यक्त गरेका थिए। उनीहरुले वैदेशि रोजगारका कारण पुरुषहरुपनि हिंसामा पर्न थालेको बताए। उनीहरुले भने हाम्रो समाजमा महिलाहरु बढी हिंसा प्रभावित भएको छ। तर, पछिल्ला दिनहरुमा पुरुषहरु पनि प्रभावित हुनेगरेको बताए।
छलफलमा वडा अध्यक्ष, कार्यापालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुख तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो।
त्यसैगरी, गोलबजार नगरपालिकाका उपमेयर मानती साहले आगामी नगरसभाबाट ‘लैङ्गिक समानता तथा समाजिक समावेशीकरण नीति’ पास गर्ने प्रतिबद्धता जनाए। ‘नगरपालिकाले लैङ्गिक हिंसा अत्यको लागि आफ्नो तर्फबाट गर्ने कामहरु गरिरेको छ र आउँदा दिनहरुमा पनि गरिनै रहने छ।’ भन्दै उप प्रमुख साहले भने, ‘अवको दिनमा नीति बनाएर यसलाई लागु गर्न मैले गर्नु पर्ने सवै कामहरु गर्छु र सवै जनप्रतिनिधी साथीहरुलाई पनि नीति बनाउन र पास गर्न सहयोगको अपिल गर्दछु।’
उनले घरबाटै महिला हिंसाको अन्त्य गर्नु पर्नेमा जोड दिए। उनले भने, ‘आज पनि प्रत्यक घरमा छोरा र छोरी, छोरी र बुहारी माथि फरक वेवहार हुने गरेको छ। बुहारीले पनि सासुलाई आमाजस्तो व्यवहार गर्न सकेको छैन। प्रत्यक घरमा समस्या छन्। समाधान पनि घर–घरबाटै खोजिनु पर्छ।’
सोही क्रममा गोलबजार नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार पौड्यालले प्रस्तावित मस्यौदामाथि टिप्पनी गरेका थिए। उनले लैङ्गिक तथा समाजिक समावेशीकरण नीति २०८०’ को मस्यौदामा कतिपय विषय बाझिएका र व्याख्यात्मक भएको बताए। उनले भने, ‘नीतिहरु सकेसम्म बुदागत रुपमा आएको राम्रो हुन्छ। प्रस्तावित मस्यौदामा केही तलमाथि परेको र व्याख्यात्मक भएको छ। यसलाई बुँदागत रुपमा राख्दा राम्रो होला।’
छलफलमा वडा अध्यक्षहरुको तर्फबाट गोलबजार नपा ३ का धनप्रसाद लामा, शाखा प्रमुखहरुबाट निराञ्जन शाक्य, नानिमैयाँ खपाङ्गी, कार्यापालिका सदस्यहरुले मन्तव्य व्यक्त गरेका थिए। छलफलमा नगरपालिकाका उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य र विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।
त्यसैगरी, नरहा गाउँ पालिकामा सम्पन्न ‘लैङ्गिक समानता तथा समाजिक समावेशीकरण नीति मस्यौदा २०८०’ सम्बन्धि छलफल कार्यक्रममा पालिका अध्यक्ष रामप्रमोद यादवले विधि र प्रकृया निर्माण गरेर काम गर्न सहज हुने बताए। उनले भने, ‘हामीसँग विधि, विधान भएमात्र कामगर्न सजिलो हुन्छ, मधेशमा लैङ्गिक हिंसा त्यसमा पनि महिलाहिंसाको अवस्था गम्भिर छ। यो घटना न्यूनिकरणको लागि हामीले ऐन, कानुन बनाउनु जरुरी छ। हामी पनि बनाउँछौं।’
‘लैङ्गिक समानता तथा समाजिक समावेशीकरण नीति’ तयारीमा सवै वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा पालिका सभासदस्यहरुसँग अध्यक्ष यादवले अनुरोध गरे। छलफल कार्यक्रममा उपाध्याक्ष गुलावदेवी चौधरी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुख, स्थानीय वुद्धिजिवीहरुको उपस्थिति रहेको थियो।
‘लैङ्गिक समानता तथा समाजिक समावेशीकरण नीति मस्यौदा २०८०’ तथा ‘लैङ्गि हिंसा अत्य पालिका घोषणा गर्ने मापदण्ड÷निर्देशिका २०७९’ सम्बन्धि छलफल कार्यक्रममको सहजीकरण पाल्मो दावा तामाङ्गले गरेका थिए। सो क्रममा उनले महिला हिंसा, बाल विवाह, शैक्षिक अवस्थाको विश्लेणगरेरी पालिकाको अवस्था सार्वजनिक गरेका थिए।
दलित महिला केन्द्र, नेपालले सिरहाको गोलबजार, कर्जन्हा, धनगढीमाई नगरपालिका र नरहा गाउँ पालिकामा महिला हिंसा न्यूनिकरण तथा शसक्तिकरण सम्भन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।