लहान, २ जेठ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानले सोमबारदेखि सडक सुरक्षा सप्ताह सुरु गरेको छ। ‘ट्राफिक प्रहरीको चाहना सुरक्षित गन्तव्यको कामना’ भन्ने मुल नाराका साथ सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा सप्ताह सुरु गरिएको हो।

सडक सुरक्षा सप्ताहमा चालकलाई सडक सुरक्षाको विषयमा सचेतना गराउने उदेश्य सहित सडक दुर्घटना न्यूनिकरण सम्वन्धि विभिन्न नारा लेखिएका प्लेकार्ड सहित लहान बजार परिक्रमा गरेका थिए।

शान्तिपूर्ण एवम् सुरक्षित यात्राका लागि सडक सुरक्षा सप्ताह २०८० कार्यक्रम जेठ ७ गतेसम्म आयोजना गरिने ट्राफिक प्रहरीले जनाएको छ।

सप्ताहको पहिलो दिनको र्यालिमा लहान नगरपालिकाका प्रमुख महेश चौधरी, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्वु लगाएतका सुरक्षा निकायका प्रमुख, लहानका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय व्यसायी र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो।

ट्राफिक प्रहरी पोष्ट मिर्चैयले बस, अटो रिक्सा र ट्याक्टरमा स्टिकर टाँसे

ट्राफिक सप्ताहकै दोस्रो दिन ट्राफिक प्रहरी पोष्ट मिर्चैयले दुर्घटना न्यूनिकरण गर्ने उदेश्य सहित बस, ट्रक, ट्याक्टर, अटो रिक्सा लगायतका सवारी साधानमा स्टिकर टास गरेको छ। ‘ट्राफिक प्रहरीको चाहना सुरक्षित गन्तव्यको कामना’ नाराका साथ मिर्चैया ट्राफिक प्रहरीले रातको समयमा टल्किने स्टिकर टास गरेको हो।

सोही क्रममा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले ट्राफिक जनचेतना मुलक कार्यक्रम तथा स्टिकर टाँस्ने गरेको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक जय नारायण महतोले बताए।

उनले भने, ‘स्टीकरले रातिको बेला टाँढैबाट देखिन्छ, जसले सडक दुर्घटना हुनबाट जोगाउँछ।’ ट्राफिकले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा चल्ने लामो तथा छोटो दुरीका
सार्वजनिक तथा निजी यातायातका सवारी चालक तथा सह–चालकहरुसंग सवारी दुर्घटना हुने कारणहरु र सवारी दुर्घटना हुनबाट जोगिने उपायहरुका बारेमा जनचेतनामुलके पम्प्लेट पोष्टर भएको वितरण गरेका थिए।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवनगरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो।