सिरहा,२८ वैशाख। सिरहाको गोलबजारमा भालुको आक्रमणबाट एक युबक गम्भीर घाइते भएको छ। साथीहरुसँग घाँस दाउरा लिन जंगल गएकाबेला भालुको आक्रमणबाट गोलबजार नगरपालिका १० का २७ वर्षिय खिमराज सुनुवार घाइते भएको हो।

गाउँ नजिकैको जङलमा चार पाँच जना साथिको समूहमा दाउरा, घाँस ल्याउन जङल गएका बेला अचानक दुई वटा भालु आएको देखेपछि सवैजना भागेपनि सुनुवार भालुको आक्रमणमा परेको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख सई बिश्वबहादुर बुदाथोकीले जान्कारी दिए। भालुको आक्रमणबाट सुनुवारको अनुहार, हात, छात्ति सहित शरीरको विभिन्न भागमा घाउ भएको छ।

घाईते सुनुवारको गोलबजारस्थित एक निजी स्वास्थ्यसंस्थामा उपचार भईरहेको छ। उनलाई थप उपचारको लागि अन्यत्र पठाउन लागिएको बताइएको छ।