सिरहा,२८ बैशाख। सिरहको सुखिपुरमा बुधबार बेलुका विधुत सर्ट भई आगलगीमा परि लाखौं मुल्यको धनमाल जलेर नष्ट भएको छ। सुखिपुर नगरपालिका ३ का रामउदगार यादबको घर तथा किराना पसलमा विद्यिुत्त सर्ट भई आगलगीहुँदा करिव ३० लाख मूल्यबराबरको धनमाल जलेको हो।

छिमेकी रामजनम यादवले पानीतान्ने मोटर चलाईरहेको बेला विद्युत सर्ट भएर आगोलागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाएको छ। आगलागीका कारण घरमा रहेको अन्नपात, किराना पसलका सामानहरु, लत्ताकपडा, सुनका गहना र नगदसहित करिव ३० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबीन्द्रराज पाण्डेले जानकारी दिए।

गोलबजार नगरपालिकाको बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।