सिरहा, २६ बैशाख। महिला हिंसा न्यूनिकरणको लागि घरैबाट नै पहलगर्ने एक कार्यक्रमका सहभागीहरुले प्रतिबद्धता जनाएका छन्। सिरहाको नरहा ३ चोहर्वास्थित रेडक्रस भवनमा दलित महिला केन्द्र, नेपालको आयोजनामा सन्पन्न ‘महिला तथ बालबालिकामाथि हुने हिंसा न्यूनिकरणमा पुरुषहरुसँगको सहकार्य’ विषयक अन्तकृया कार्यक्रमका सहहभागीहरुले आफ्नो घर, आफूकार्यरत कार्यालय, आफ्नो समाजमा महिलामाथि हुने हिंसा न्यूनिकरणमा पहलकदमी लिने प्रतिबद्धता जनाएका हुन्।
मधेशमा दहेज, बाल विवाह, बोक्सिको आरोप तथा अन्य विभिन्न खालका घरेलु हिंसाका घटनाहरु हुनेगरेकोमा सहभागीहरुको समान धारणा रहेको छ। उनीहरुले सभ्य समाज निर्माणको लागि सवैखालका विभेद अन्त्य हुनुपर्नेमा सहमति जनाए। महिलाहरु पनि पुरुषसरह सवै काम गर्नसक्ने क्षमता राख्ने भएपनि हानिकारक सामाजिक परम्पराको शिकार हुनुपरेको कार्यक्रमका सहभागीहरुले बताए। उनीहरुले पछिल्ला दिनहरुमा महिलाहरुपनि विभिन्न रोजगारीमा लाग्ने क्रम बढेको भएपनि प्रयाप्त नभएको बताए। शक्ति र सत्तामा महिलाको पहुँच नभएकै करण महिलाहरु अझै उपेक्षित हुनु परेको अन्तरकृयाका सहभागीहरुले बताए।
मधेशमा महिलामाथि विभिन्न खालका हिंसाहरु भईरहेको र त्यसलाई न्यूनिकरणका लािग सवैले आ–आफ्नो ठाउँबाट पहलकदमी लिने कार्यक्रमका सहभागी तथा रामप्रताप रामप्रसाद तामाङ्ग क्याम्पसका प्रध्यापक प्रदिप कुमार साहले प्रतिबद्धता जनाए। उनले भने, ‘हाम्रो घर, हामी कार्यरत कार्यालयहरुमा पनि जान अन्जान महिला हिंसाका घटनाहरु भईरहेका हुन्छन्। अवका दिनहरुमा त्यस्ता घटना हुनै नदिने र भए समाधानका प्रयास गर्ने छु।’
कार्यक्रमका अर्का सहभागी नेकपा एकीकृत समाजवादीका नेता योगेन्द्र सिंहले प्रकृतिक रुपमा महिला र पुरुष फरक स्वरुपमा जन्मेपनि समाले उनीहरुलाई गर्ने व्यवहारले कमजोर, अरुमाथि निर्भरहुनुपर्ने अवस्था श्रृजना गरेको बताए। उनले भने, ‘महिला र पुरुष प्रकृतिक रुपले फरक भएपनि दुवैजनाले सवैखालका कामहरु गर्न सक्छन्, त्यो हामीले देखिरहेका छौं। तर, खराव समाजिक परम्पराका कारण महिला सधै कमजोर, निर्वल र परनिर्भर बनाई रहेको छ, यस्तो सोचमा परिवर्तन हुन जरुरी छ।’
कायक्रममा हिन्दु तथा इशाई धर्मका धर्मगुरुहरुको पनि सहभागीता रहेको थियो। उनीहरुले सम्पूर्ण मानव एक भएको बताउँदै सवै लिङ्ग, समुदायलाई समान व्यवहार गर्नु पर्नेमा जोड दिए। सवै जात जाती, भाषा धर्म र लिङ्गको समाजको हरेक क्षेत्रमा समान सहभागीताले सुन्दर समाज निर्माण हुने सहभागी धार्मीक गुरुहरुको भनाई रहेको छ।
अन्तकृया कार्यक्रममा राराताजव क्यमम्पसका प्रध्यापक हिरेन्द्र कुमार विष्ट, सरस्वति माध्यमिक विद्यालय तेतरिया जमदहका शिक्षक विजय कुमार लामा, नेकपा (एकीकृत समाजवादीका योगेन्द्र सिंह, माओवादी केन्द्रका जिवन यादव, गोलबजार नगरपालिकाका वडा नम्वर ६ का वडा अध्यक्ष संजित लामा, उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साह, युवा समाजसेवी उमाकान्त मण्डल लगायतका धार्मीक गुरुहरुको सहभागीता रहेको थियो।
कार्यक्रमको सहजीकरण महिला अधिकारकर्मी शरु श्रेष्ठ, पाल्मो डोल्मा तामाङले गरेका थिए भने कार्यक्रको उदेश्यबारे जानकारी संस्थाका कार्यक्रम संयोजक संचिता महर्जनले गरेका थिए।