सिरहा, २४ बैशाख। ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने राष्ट्रिय नाराकासाथ सिरहाका विद्यालयहरुले नारा जुलुस सहित भर्ना गरिरहेकोे छ। उमेर पुगेका र विचैमा पढाईछाडेकाहरुलाई विद्यालयसम्म ल्याउने विशेष योजना सहित अहिले जिल्लाका विभिन्न विद्यालयहरुले भर्नाको आव्हान गर्दै पर्चा पम्प्लेटसहित र्यालि र घरदैलो गरिहेका हुन्।

जनता माध्यमिक विद्यालय चन्दोलालपुरले नयाँ विद्यार्थीलाई आकर्षण गर्न सवैतहका विद्यार्थी, शिक्षकहरु व्यानर, पर्चा र माईकिङ्गसहित र्यालि निकालेको छ। विद्यालयले नयाँ र विद्यालय छाडेका विद्यार्थीहरुलाई आकर्षण गर्न र्यालिको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक ब्रम्हदेव महतोले जानकारी दिए। उनले भने, ‘हामीले नयाँ विद्यार्थीलाई आकर्षण गर्न भर्ना अभियान अन्तर्गत र्यालि निकालेको हो। यसपछि हामी शिक्षकहरुको समूह बनाएर विद्यालय क्षेत्रभित्र घरदैलो गरेर विद्यार्थीलाई विद्यालयसम्म ल्याउने प्रयास गर्छौं।’

गोलबजार नगरपालिका ४ मा रहेको श्रमिक आधारभुत विद्यालयले पनि शिक्षक, विद्यार्थी, अभिभावक सहित भर्ना अभियान अन्तर्गत र्याली र घरदैलो गरेको छ। विद्यालय उमेरका बालबालिकाहरुलाई आफ्नो विद्यालयमा भर्ना गराउन अनुरोध गर्दै र्याली र घरदैलो चलाएको विद्यालयका प्रधानाध्यापक रञ्जु परियारले बताए। उनले विद्यालय पुगेका, उमेरभएपनि विद्यालय छोडेकाहरुलाई विद्यालयमा आमन्त्रण गर्न अभियान चलाएको बताए।

समावेशी शिक्षा नीति कार्यान्वयन गर्न विद्यालय आउनसक्ने सवैखालका अपाङ्गता भएका बालबालिका, विचैमा विद्यालय छाडेका र विद्यालय जाने उमेर पुगेका विद्यार्थीलाई भर्ना गराउन प्रभावकारी अभियान चलाउन दलित विकास मञ्च (डीडीएफ) गोलबजारले भर्नाअभियानमा सँगै रहेको बताए।

गोलबजार र कल्याणपुर नगरपालिकाको शिक्षा शाखासँग समन्वय गरेर अभियानलाई प्रभाकारी बनाउन ‘सबैका लागि समावेशी शिक्षा’ परियोजना अन्तर्गत सहयोग गरेको संस्थाका प्रतिनिधीको भनाई रहेको छ।

दलित बालबालिका बिचैमा पढाई छोड्ने क्रम धेरै छ, त्यसलाई पुनः भर्ना र निरन्तरताको लागि पहल गरिरहेको संस्थाका प्रतिनिधी रविन्द्र महराले जानकारी दिए। उनलेभने, ‘हामीले विद्यालयसँगको समन्वयमा विद्यालय उमेर पुगेका दलित बालबालिका, अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउने योजना सहित विद्यालयसँगको समन्वयमा भर्ना अभियान थालिएको हो।’ उनले विद्यालयमा आएर पढ्न सक्ने अपाङ्ग बालबालिका अभिभावकलाई सचेत गराएको पनि बताए।
भर्ना अभियानलाई प्रभावकारी तुल्याउन संस्थाको तर्फबाट विद्यालय उमेरपुगेका दलित, अपाङ्ग र विद्यालय छोडेका बालबालिकाका अभिभावक, शिक्षकहरुसँग छलफल र अन्तकृयाहरुपनि भईरहेको जानकारी दिए।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शैक्षिक शत्र २०८० विद्यार्थी भर्ना अभियानको नारा ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ तय गरिएको छ।

BHARNA ABHIYAN 1 BHARNA ABHIYAN 2