सिरहा, १८ वैशाख। सिरहामा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा उजुरी परेको छ। सुखिपुर नगरपालिका ३ का ३५ वर्षीय रियाज अन्सारीले १४ वर्षिय बालिका बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा आज उजुरी दिएको हो।

बालिकालाई ललाई पफाकाई गरेको भन्दै भन्दै आज जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी परेको सूचना अधिकारी रबिन्द्रराज पाण्डेले जानकारी दिए। बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा भईसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको विषय थप अनुसन्धान सुरु भएको र फरार आरोपीतको खोजतलास भइरहेको छ।