सिरहा, १५ बैशाख। स्थानीय १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिर्चैया नगरपालिका १० का २० वर्षीय रुस्तम नामले चिनिने पंकज यादवल विरुद्ध बलात्कार आरोपमा उजुरी परेको छ। पीडित परिवारले छोरीलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी गरेको हो।
घटना लगातै प्रहरीमा आएका बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा भएको र उजुरी दर्ता भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिकृष्ण केसीले जानकार दिए। उनले घटनाको उजुरी लगतै अनुसन्धान सुरु भईसकेको र युवक फरार रहेकोले खोजतलास भईरहेको जनाए।
घटना सार्वजनिक भएलगतै गाउँमै रकम लेनदेन गरेर मिलाउन दवाव दिएको पीडित परिवारले बताएको छ। केटा पक्षकाहरुले पाँच लाख दिने र घटनालाई गाउँमै मिलाउन दवाव दिएको पीडितका आफन्तले बताएको छ। अझैपनि पीडित पक्षलाई विभिन्न प्रलोभन र डर धम्की दिईरहेको छ।