लक्ष्मीपुर पतारी गाउँ पालिकाका पूर्व अध्यक्ष रामबल्लाव साह

 

सिरहा, ७ बैशाख। सिरहाको लक्ष्मीपुर पतारी गाउँ पालिकाका पूर्व अध्यक्ष रामबल्लाव साह र तत्कालिन प्रशासकिय अधिकृतहरुसहित २३ जना विरुद्ध अख्तियार दुरुपयो अनुन्धान आयोगले भ्रष्टाचार कसुरमा संलग्न रहेको भन्दै विशेष अदालत काठमाडौंंमा आरोपपत्र दायर गरेको छ। विभिन्न निर्मायाकार्यको भुक्तानी दिनैनमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ दिने लिनेगरेको कार्यमा संलग्न रहेको भन्दै सजाय र बिगो बमोजिमको जरिवानामाग सहित आरोपपत्र दायर गरेको हो।

पूर्व उपाध्यक्ष आशा देवी यादव, तत्कालिन प्रशाकिय प्रमुखहरु रविन्द्र कुमार महत, धनिकलाल यादव र सुजित यादव उपर आरोप पत्र दायर गरेको विहिवार अख्तियार दुरुपयोग आयोजगका प्रवक्ता भोला दहालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ। हात हाल जिल्लाकै विष्णुपुर गाउँ पालिकामा प्रमख प्रशासकिय अधिकृतको रुपमा कार्यरत छन्।

प्रेस विज्ञप्तीमा लक्ष्मीपुर पतारी गाउँपालिका ४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा कलभर्ट निर्माणका लागि आ.व. २०७५/०७६ र २०७६/०७७ मा विनियोजन भएको रकमवाट सामान्य रुपमा निर्माण कार्य गरी ठुलो रकम भ्रष्टाचार गरेको उल्लेख गरेको छ।

निर्माण कार्य समयमै सम्पन्न नगरी बीचमै अलपत्र छाडेको र भएको कामसमेत न्यून गुणस्तरको सामाग्री प्रयोग गरेको विज्ञप्तीमा उल्लेख गरेको छ। आ.व.२०७६/०७७ बाट सोही कल्भर्ट निर्माणको लागि अर्को उपभोक्ता समितिबाट निर्माण गराउँदा पनि भौतिक संरचना वेकम्मा भई हाल थप कार्य गरी उक्त संरचना पूर्णसमेत गर्न नसकिने अवस्थामा समेत भुक्तानी गर्न नमिल्ने पाँच लाख २८ हजार ४४० रुपैयाँ भुक्तानी दिएको उल्लेख गरेको छ।

सोही स्थानमा आ.व. २०७६/०७७ मा लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत विद्यानगर, पतारी, धन्छवार, सितापुर सडक खण्डमा दुई थान कलभर्ट निर्माण तथा माटो ग्राभेल योजनाको लागि साबिक मधेश प्रदेश सरकारबाट सशर्त अनुदान रकम विनियोजन भएको थिया। आ.व. २०७५/०७६ मा आंशिकरुपमा निर्माण भएको कल्भर्टको बाँकी भाग बनाउने योजनाको निर्माण गर्न लक्ष्मीपुर पतारी गाउँपालिकाबाट उतिमलाल मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले निर्माण जिम्मा लिएको विज्ञप्तीमा उल्लखे गरेको छ।

अघिल्लो आ.व. २०७५/०७६ मा डिजाइन नगरी ड्रइङ्गको आधारमा संचालन भएको वडा नम्वर ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा कलभर्ट निर्माण योजनामा पुनः डिजाइनसमेत नगरी ड्रइङ्ग परिवर्तन गरी तोकिएको मितिमा योजनाहरु सम्पन्न गरेको थियो। दुवै योजनाहरु सम्पन्न भएपनि न्यूनगुणस्तरको देखिँदा पनि उक्त कलभर्ट निर्माण कार्यमा राष्ट्रसेवक तथा उपभोक्ता समितिका पदाधिकारीहरुको मिलेमतो र संलग्नताबाट भुक्तानी नै गर्न नमिल्ने २६ लाख ४६ हजार २७ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको पुष्टि भएको जारी विज्ञप्तीमा उल्लेख गरेको छ।

दुवै योजनामा गैकानुनी ढङ्गले भुत्तानि दिएर भ्रष्टाचार कसुरमा संलग्न देखिएकाले बिगो बमोजिमको जरिवाना गरी बिगो असुलउपर गर्ने तथा जफतको मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

आयोगले तत्कालिन लेखा पाल इन्द्र कुमार कर्ण, वडा नम्वर ४ का पूर्व वडा अध्यक्ष विद्यानन्द्य साह र सचिव रामनारायण मण्डल विरुद्ध पनि विशेष अदालतमा मुदा दायर गरेको छ।

त्यसैगरी, उपभोक्ता समितिका अध्यक्ष विष्णुदेव यादव, कोषाध्यक्ष जलास कुमारी दनुवार, सचिव महादेव यादव र कन्सलेन्टेसीका प्रोपराईटर इन्जिनियर इन्द्र नारायण साहविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर भएको छ।

वडा नम्वर ३ का तत्कालिन वडा अध्यक्ष हनुमान मण्डल, तत्कालिन लेखापाल नरेश कार्मत र इन्जिनियर अमन पोखरेलमाथि समेत आरोप पत्र दर्ता भएको छ। सोही योजनाका उपभोक्ता समितिका अध्यक्ष उतिमलाल मण्डल, गिता कुमारी मण्डल र सचिव प्रमेश्वार मण्डल र इन्जिनियर तारा कान्त साहविरुद्ध आरोप पत्र दर्ता भएको छ। त्यसैगरी योजना साखा प्रमुख चन्देश्वर प्रसाद यादवसहित २३ जना विरुद्ध अख्तियारले आरोप पत्र दायर गरेको छ।