सिरहा, ४ वैशाख। सिरहामा भएको आगलागिबाट लाखौं मूल्य बरावरकोे धनमाल जलेर नष्ट भएको छ। सिरहा नगरपालिका १८ इटारीमा गएराती दुखि ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद र सुनचाँदी सहितका सामाग्रि जलेर नष्ट भएको हो।
दुखि ठाकुरको घरबाट सुरुभएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामाग्रि जल्दा ५० लाखभन्दा बढीको क्षेति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताए। उनले भने, ‘मेरोमात्रै वर्षभरी खाने अन्न, सवै लत्ताकपडा, ४ तोला सुन र काम विशेषले घरमै राखेको ५० हजार नगद जल्यो, सवैको मिलाउँदा ५० लाखभन्दा बढीको क्षेति भएको छ।
उनीहरुले रातको समयमा भएकाले घरमा रहेको केही सामान निकाल्न नसकेको बताए। बुधेश्वरले भने, ‘हामीसँग बाँकी भनेको लगाएको लुगामात्र हो, एउटा पानी पीउने लोटा समेत छैन, लागलागी पछि रातभरी हामीहरु जगराम छौं, कहाँ बस्ने के खाने अन्यौल भईरहेको छ।’
राति करिव ११ बजेबाट सूरुभएको आगलागी सिरहा र गोलबजार नगरपालिकाको दमकल, स्थानीय वासिन्दा र प्रहरीले करिव २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए। उले आगो ढिलो गरि नियन्त्रणमा आयकोले क्षेतिको विवरण आईनसकेको बताए।
आगलागी पीडितहरुले आफूहरुलाई तत्काल दैनिक उपभोगका अतिआवश्यक सामाग्रिहरुको खाँचो रहेको बताए। उनले त्यसको लागि स्थानीय सरकार र मनकारी हातहरुसँग सहयोगको अपेक्षा गरेका छन्।
त्यसैगरी, हिजै बेलुका सिरहा नगरपालिकाको प्रशासनिक आगलागी भएको छ। आगलागीका कारण कार्यालयमा रहेको विलभर्पाईसहितका महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ। विद्युत सर्टभएर आगलागी भएको भनियपनि आगलागीको सम्वन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
भ्रष्टाचार ढाकछोपगर्न नगरपालिकाका पूर्व निमित्त प्रमुख प्रशासकिय खधिकृत रहेका बलिराम यादवले नियोजित तरिकाले आगो लगाएको जनप्रतिनिधीहरुले आरोप लगाएका छन्। नगरपालिकाले ५ गतेसम्म बरबजुझारत गर्न समय दिएकै समयमा आगलागी हुनुले उनको समलग्नता रहेको आशंका उत्पन्न भएको जनप्रतिनिधीहरुको भनाई छ।
यता पूर्व प्रशासकिय खधिकृत यादले आफ्नो पालोमा भएका कामहरुको सवै कागजातहरु सुरक्षित रहेको बताए। उनले भने, ‘पुराना कागजातहरु जलेका हुन्, मैले गरेका कामहरुको सवैकागजातहरु सुरक्षित छन्, मलाई मदनाम गर्ने नियतले भ्रष्टचारको हल्लामात्र चलाएका हुन्।’