वर्षमा एकदिन मात्र फुल्ने अनौठो फुल हेर्न भक्तजनहरुको घुँइचो

    • बैशाख १, २०८०
    • १,५०२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    गमकपोष्ट सम्वादाता / सिरहा, १ बैशाख ।प्रत्येकनयाँबर्षको पहिलो दिनअर्थात बैशाख १ गतेकादिनमात्रफुल्ने फुलको दर्शन गर्न आजबिहानैदेखि सिरहाजिल्लाको लहाननगरपालिकास्थित ऐतिहासिक स्थल सलहेस फूलबारी पर्यटकीय क्षेत्रमा सर्वसाधारणको ठुलो भिड लागेका छन् । लहाननगरपालीकाकाको १२ र २२नम्वर वडाकोपूर्व पश्चिम राजमार्गसँगै रहेको सलहेश फूलवारीमा एक दिनमात्रफुल्ने फुलदर्शन गर्न हजारौंको संख्यामाभक्तजनहरु जम्माभएकाहुन् । राजा सलहेसको ऐतिहासिकगाथाबोकेको सलहेश फूलबारी मन्दिरमा नेपालतथाभारतबाट हजारौं दर्शनार्थीहरु बिहानैदेखि आउने गरेका छन् ।roll (3) 1

    राजा सलहेश र उहाँकी पे्रमिकामालिनीको पे्रम प्रतिकका रुपमालहानदेखि चार किलोमिचर पश्चिममा रहेको करिब ५ हेक्टर जमिनमा फैलिएकोफुलबारीको मध्यभागमाहारमको एउटैरुखमादुईवटा हाङ्गामापुस्तौ पुस्तादेखि प्रत्येक वर्षको बैशाख १ गते एक जोडीमाला देखिने गरेकोजनविश्वास छ । तीमाला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाहीतथाभारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुँइचो लागेका छन् ।

    पर्यटकीय महत्वबोकेकासलहेश फुलबारीवरिपरिका स्थानियहरु यस क्षेत्रको संवद्र्धन र संरक्षणको पखाईमा रहेका छन् ।
    हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेलादुई दिनमात्रफुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धकालागिनिकै मानिस भेला हुन्छन् र ठूलो मेलापौराणिककालदेखि लाग्दै आईरहेको छ ।
    यो फूल नयाँवर्षका अवसरमा मात्रफुल्ने भएकाले नयाँवर्ष मनाउन आउने पर्यटकहरुको ठूलो भिड लाग्ने गरेको छ । सलहेश फूलवारी मेलाको उचित संरक्षण व्यवस्थापनपर्यटकीय क्षेत्रको रुपमाविकास गर्न कुनै पहलन भएकोमा स्थानीयहरु गुनासो गर्न थालेका छन् ।

    mirchaiya cgatana darta

    सलहेश तराईका पासवानजातीको इष्टदेव रहेको र तेह्रौशताब्दीकालोकनायकभएकोले सलहेशको पूजाअर्चनागर्नाले मनोकाक्षां, सन्तानप्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वास रहेको छ । फूलबारी भित्रदुर्लभ जातीका जडीबुटीहरु खोज्न भारतको बिहार, पश्चिमबंगला, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट हजारौंको संख्याआउने गर्दछन् ।

    हरेक वर्षको १ गते मात्र पूजाहुने सलहेश फूलबारीमाभव्य मेलालाग्ने गर्दछ । सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र पे्रम सफलनहुँदामालिनीले सलहेशको प्रतिक्षागर्दै हरेक वैशाख १ गते फूलको मालालिएर देखा पर्ने जनविश्वास रहि आएको छ ।roll (5) 1
    नयाँवर्षको पहिलो दिनमात्रफूलफुल्ने यो चमत्कारलाई सलहेश महोत्सवका रुपमामनाउने भनिएपनित्यो भनाइमै सिमित रहेको छ । फूलबारीको मध्यभागमा रहेको मालिनीमन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमाफुल्ने मालाआकारको फूललाई सलहेशको गाथासँगजोडिन्छ ।

    मन्दिरका पुजारी जितेन्द्र धामीका अनुसार हरेक नयाँवर्षको दिनफुल्ने यो फूललाई राजा जयवद्र्धन सलहेश र दौनामालिनीको पे्रम प्रतिकका रुपमा लिइन्छ । अचम्म के छ भने साँझपख यो फूलओइलाएर जान्छ । युवायुवतीहरु उक्तफूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन् ।
    फुलवारीमाप्रवेश गरेपछि शान्ति र पे्रमको भावआफै उत्पन्नहुने गरेकाले त्यस भेगकामानिसहरुलाई मात्रै होईन, भाकलगर्ने जो सुकैको मनोकामना पुरा हुने गरेकोले भारतीयपर्यटक भक्तजनहरु आउने गरेका छन् । मेलामाआउने लाखौं भक्तजनहरुमध्ये तीस प्रतिशतभारतीयदर्शक रहने गरेको पुजारी धामीको भनाई छ ।
    सलहेश फूलवारीमाहारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेको यस फूलवारीको शितलजल ग्रहण गरेपछि जस्तो सुकै रिस क्रोध शान्तहुने गरेको जानकारहरु बताउनुहुन्छ ।
    विगतको तुल्नामा मेलामाव्यापार पनि बढेको र व्यावसायीगर्न पहिले भन्दाअहिले सहजभएको जनकपुरका व्यपारी भोला दास बताउछन्। उनले भने, ‘मेलामाव्यवसायी संगै शान्ति सुरक्षापनि सुधार भएको बताए।

    यस भेगमा अहिले पनिकुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नको लागि सलहेश फुलवारीको पानीप्रयोग गर्नुको साथै हैजामाहामारी आउँदापनि सलहेश फूलवारीको पानीऔषधीमानेर खाएपछि निको हुने गरेको जनविश्वास छ ।
    निःसन्तानमहिलाहरुले सलहेश फूलवारीमादर्शन गरेर सन्तानमागगर्दा सन्तानपाउने गरेकोले प्राप्त सन्तानको मुण्डन गराउनआउने गरेका छन् ।

    सिरहाजिल्लाभित्रपूर्व कर्णाटककालिन अवशेषहरु रहेको छ । यस जिल्लाको मान्यतालाई हेर्ने हो भने अत्यधिक सम्मानपाएका राजा सलहेश दुषादजातीकाकूल देवताभएपनि सबै जातजातिको लागित्यतिकै पूजनिय र सम्मानित रहेको छ ।

     

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल