काठामाडौं, २३ चैत। रामेछापको मन्थलीमा बोलेर दुर्घटनाहुँदा घटनास्थलमै चारजनाको मृत्यु भएको छ। दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन्।
मन्थली नगरपालिका ७ कौछिनी मगर गाउँ नजिक भएको वा ११ च ५५३ नम्वरको बलेरो दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत हुन सकेको छैन।
घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले जानकारी दिए। स्थानीयवासी प्रत्यक्षदर्शिका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ।
स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ। दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।