सिरहा, २१ चैत। अवैध रुपमा ग्राभेल उत्खन्न गरिरहेका वेला सशस्त्र प्रहरीले दुइ वटा ट्रिफर र एउटा जेसिभि नियन्त्रनमा लिएको छ। जिल्लाको नरहा गाँपा ३ नेपाली सेनाको २७ नम्वर वाहिनीसंगै टासिएको जग्गाबाट अवैध रुपमा रातको समयमा ग्राभेल उत्खन्न गरिरहेको अवस्थामा ना १ ख ९७७९ नम्बरको जेसिभि, ना ८ ख ५४५४ र ना ३ ख ८६६२ नम्वरको टिफर सशस्त्र प्रहरी गोलवजारको टोलीले नियन्त्रणमा लिएको हो।

राती गरी अवैध रुपमा उत्खन्न गरिरहेको गोप्य सुचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले सोमवार राती करिव ११ वजेको समयमा जेसिभि र टिफरलाइ नियन्त्रनमा लिएको सशस्त्र प्रहरी निरिक्षक हेमन्त सिंहले जनाएको छ। उनले भने, ‘सुचना पाउनासाथ हाम्रो टोलि पुगेर टिफर र जेसीभी नियन्त्रणमा लियौ, आवश्यक कार्वाहीको लागि जिल्ला समन्वय समितिलाई पत्र पठाइएको छ।’

समन्वय समिति प्रमुख महतोले नियन्त्रणमा लिएको जेसिभि र ट्रिफरलाई कानुन वमोजिक कार्वाही गरिने बताए। उनले भने, ‘विकास निर्माणको लागि ग्राभेल आवश्यक भएपनि प्रक्रिया मिचेर अवैध रुपमा रातीको समयमा उत्खन्न गर्न मिल्दैन; यस्तो कार्य जोकोहील गरेको भएपनि गलत हो। छिटै हामी बैठक बसेर यसको निर्णय गर्दैछौं।’

यस अघि गत फागुन २९ गते समन्वय समितिले अनुगमनको क्रममा सोही ठाउँबाट तीनवटा स्काभेर नियन्त्रणमा लिएको थियो। उनीहरुले जरीवाना रकम बुझाएर स्काभेटर फिर्ता ल्याएका थिए।

खानी दर्ता, उत्खन्न्, भण्डारण र सञ्चालन समेतको नियमन गर्ने प्रमखु जिम्मा स्थानीय तहको भएपनि स्थानिय तह मौन देखिन्छ। उत्खनन गर्नेहरुले जनप्रतिनिधीहरुलाई पनि आर्थिक प्रभावमा पारि मनमौजी उत्खनन गरेको स्थानीयहरु बताउछन्।

प्रयावरण मासिने गरि जथाभावी रुखहरु कटान गरी ग्राभेल उत्खनन गर्दा पनि जनप्रतिधीभने मौनता साँधेर वसेका छन्। गोलबार नगरपालिका ९ र नरहा गाउँ पालिका ३ बाट ४० फिटभन्दा गहिरो खाल्डो खनी अवैधरुपमा ग्राभेल निकाल्दा पनि जनप्रतिनिधी एक पटक अनुगमन गर्न समेत पुगेका छैनन्।

यसले पनि उनीहरुको मिलेमत्तोको पुष्टि भएको स्थानीय युवाहरुको भनाई रहेको छ।

नरहा गाउँ पालिका अध्यक्ष रामप्रमोद यादव आफ्नो पालिकाबाट उत्खनन भएको भन्ने आफूलाई जानकारी नै नभएको बताउँछन्। उनी भन्छन्, ‘हाम्रो गाउँ पालिकामा अहिलेसम्म एउटापनि खानी दर्ता छैन, मलाई ग्राभेल उत्खनन भईरहेको भन्ने जानकारी पनि छैन।’

प्रहरी र समन्वय समितिले पटक पटक टिफल र स्काभेर नियन्त्रणमा लिएर हो हल्ला हुदा समेत जनप्रतिनिध केही जानकारी नै नरहेको बताउँछन्।

वनक्षेत्र देखि मुस्कीलले २५ मिटरको दुरीबाट उत्खनन् गरी बनक्षेत्रको बाटो प्रयोग गर्दा पनि वन अधिकारी मौन बस्नुले मिलेमतो रहेको पुष्टि गर्छ।

जथाभावी उत्खननका कारण वरपरि रहेका आँपका बगैंचा र पानीका स्रोतहरु प्रभावित हुन थालेकाछन्। आँपका चिचिला नअडिने र पानीका मुहान सुक्न थालेको स्थानीय किसानहरुको गुनासो छ।

efcbd23f-e15b-4018-88eb-4351ae4c8708